अन्दोलनरत शिक्षकको माग पुरागर्न सरकारले ध्यान दिन आवश्यक : काँग्रेस केन्द्रीय सदस्य महर

सदरलाइन संवाददाता ३१ चैत्र २०८१, आईतवार १४:२०
 

काठमाडौं :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका महरलाई ध्यानाकर्षण गर्न महरको सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरुसंग कुरा गर्दै नेता महरले सो कुरा बताएका हुन ।


देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु लामो समयदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन । विगतको सरकारसंगको सहमति कार्यान्वयनका लागि सरकार खासै संबेदनशील नदेखिएको उनीहरुको आरोप थियो ।

मन्त्री परिषदको वैठबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरु भएको वताउदै नेता महरले हुन सक्ने मागका लागि छिटो मन्त्री परिषको वैठक राखेर टुंग्याईनु पर्ने र बाँकी बिषयको वर्गिकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढन सकिने तमामौ आधारलाई सरकारले गम्भीर रुपमा लिनु पर्ने सुझाव दिए ।

शैक्षिक आमहडताल घोषणा गरेर आन्दोलनरत शिक्षक समुदायको आत्मसम्मानको ख्याल गरेर निश्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप कृयाशीलता खाँचो रहेको र देशको वर्तमान परिस्थितिको आंकलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरुले वार्ता सम्वाद गरेर निश्कर्षमा पुग्नु पर्ने महरको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किन आकासिदै छ सुनको मूल्य ?

३१ चैत्र २०८१, आईतवार १४:२०
नेपालगञ्ज : नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा नेपाली बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८६ हजार पुगेर नयाँ रेकर्ड कायम भएको छ । गत शुक्रबारको तुलनामा आतइबार प्रतितोला १ हजार रुपैयाँले बढेको हो । पछिल्लो समयमा अमेरिकाले लिएको व्यापार नीति, रूस–युक्रेन युद्ध, अमेरिका र चीनको बीचको तनावका कारण विश्वका […]

ताजा अपडेट