मतमाग्दै घरदैलोमा जाँदा कोहलपुरमा एमाले उम्मेदवारलाई स्वागत

सरला सुवेदी १५ बैशाख २०७९, बिहीबार २०:४७
 

कोहलपुर (बाँके) : साच्चै चुनावी रोनकको मजा नै बेग्लै हुने रहेछ अघि पछि कुनै पनि पार्टीका नेताले काम गरेनन अब चुनाव आउदा पख भन्नेहरुमा नी त्यो गीत त्यो चुनावी माहोल देखेसी नाचौ नाचौ प्रचारप्रसारमा जाउ जाउ हुँदो रहेछ अनि पुराना कुरा बिर्सेर घरदैलो अभियानमा घामपानी दिनरात नभनी लाग्नेरहेछ्न ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले कोहलपुरका सम्पुर्ण वडाहरुले धमाधम घरदैलो कार्यक्रमलाई चरणबद्ध तरिकाल तिब्रता दिएका छन् । उम्मेद्बार सहित नेकपा एमालेका नेता तथा कार्यकर्ता सुभेच्छुकसंगै बिहीबार कोहलपुर १३ नम्बर वडाले सिमरी गाउमा घरदैलो कार्यक्रम गरेको छ । जनताका आशा, गुनासाहरूलाई आत्मसम्मान गर्दै जनताको घरदैलोमै पुगेर आफ्ना प्रतिबद्धता सहित गरदैलो कार्यक्रमलाई तीब्र गतिमा अगाडि बडाएको छ ।


जनताको घरदैलोमा पुग्दा उत्साहजनकरूपमा एमालेको पक्षमा जनलहर देखिएको र अत्याधिक मतले आफुहरूले चुनाव जित्ने वडा अध्यक्ष पदका उम्मेदवार रूपसिङ डागीले दाबी गरे । यस्तै १२ नम्बर वडाले पनि जानकिनगर टोलमा घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडाका जनताको घरदैलो अभियानमा जादा कति ठाउँमा खुशीका साथ उम्मेद्बारलाई स्वागत गरेका छन् भने कतिपय ठाउँमा गालि पनि गरेका छन ।

घरदैलो अभियानका क्रममा कोहलपुर १२ चपरगौडी जानकीनगर निवासी टिकाराम काफ्लेले चुनाव जितिसके पछि वडाको बिकासमा पछि हटेको आरोप लगाउदै विकास नगरेको आक्रोश पोखेका थिए । भने त्यही वडाका एकजना बुढी आमाले वडा अध्यक्ष पदका उम्मेद्बार टेक बहादुर शाही लगायतको समुहलाई आशिर्वाद समेत दिएकी थिईन । यस्तै वडा नम्बर १,२,३ देखि १५ नम्बर वडाहरुले अभियानलाई तिब्रता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सूचना संकलनको सहज बाताबरण निर्माणका लागि संबद्ध पक्षसंग छलफल

१५ बैशाख २०७९, बिहीबार २०:४७
नेपालगञ्ज : आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा सञ्चारकर्मीलाई सूचना संकलनको सहज बाताबरण निर्माणका लागि नेपालगञ्जमा संबद्ध पक्षसंग छलफल गरिएको छ । संवाद समूह बाँकेको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बाँकेका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले निर्वाचनका सूचना सहज ढंगले प्रवाहको लागि व्यवस्था मिलाईने बताउदै निर्वाचनको बारेमा सूचना तथा […]

ताजा अपडेट