हावाहुरीसँगै आएको पानीले भित्र्याउने बेलाको अन्नबालीमा क्षति

यदुराज मिश्र ३१ चैत्र २०८१, आईतवार १३:५६
 

नेपालगञ्ज : गत बुधवार राती हावाहुरीसँगै आएको पानीले बाँकेमा भित्र्याउने बेलाको गहुँ, जौ, मसुरोलगायतका कृषिजन्य बालीमा ठूलो क्षति पुर्याएको छ । बाँकेको सबै स्थानीय तहमा कृषिजन्य बालीमा क्षति पुर्याएको हो ।

सबैभन्दा धेरै असर पाकी सकेको गहुँ, जौ, तरकारीमा परेको डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील शर्माले बताए । यद्यपी क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।


बाली पाकेर घर भित्र्याउने समयमै पानी परेपछि कृषकहरू चिन्तित बनेका छन् । डुडुवा गाउँपालिका वडा नं. ६ का किसान जयपाल मौर्यले भने, ‘ अब के खाने? छोराछोरीलाई कसरी पाल्ने ?’ पानीले कृषिबालीमा पुर्याएको क्षतिको असरले किसानहरू भोकमरीको चिन्तामा परेका छन् ।

बेमौसमी वर्षातले पाकीसकेको गँहु, मसुरोलगायतका अन्नबालीमा ठुलो क्षति पुर्याएको डुडुवा गाउँपालिका वडा नं. ६ वडाध्यक्ष मोहनराम मिश्रले बताए । उनले भने,‘डुडुवा ६ मो काँक्रा, भिण्डीलगायतका तरकारी बालीमा समेत क्षति पुगेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्दोलनरत शिक्षकको माग पुरागर्न सरकारले ध्यान दिन आवश्यक : काँग्रेस केन्द्रीय सदस्य महर

३१ चैत्र २०८१, आईतवार १३:५६
काठमाडौं :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन् । नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका महरलाई ध्यानाकर्षण गर्न महरको सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरुसंग कुरा गर्दै नेता महरले सो कुरा बताएका हुन । देशभरका […]

ताजा अपडेट