सार्वजनिक सावरीका साधनमा लैङ्गिक हिंसाबिरुद्धको स्टिकर टाँसेर सचेतना फैलाउदै (फोटोसहित)

२४ मंसिर २०७३, शुक्रबार १३:१०
 

सदरलाइनडटकम,
२४ मंसिर, नेपालगन्ज : सचेतना नै सबै भन्दा ठूलो उपचार भएकोले बाँकेलाई लैङ्गिकहिंसा रहित जिल्ला बनाउनको लागि विभिन्न सरोकारवाला निकायले लैङ्गिक हिंसाबिरुद्धको सचेतना मूलक गतिविधीलाई तीब्र पारिएको छ । लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान अन्तरगत नेपालगन्जबाट विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक सवारीका साधनहरुमा लैङ्गिक हिंसाबिरुद्धको सचेतनामूलक स्टिकर टाँस गरी सार्वजनिक सवारी साधन प्रयोग गर्ने वा त्यसमा उल्लेख भएका सन्देशले लैङ्गिक हिंसा घटाउने विश्वास गरिएको छ ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राई र निमित्त प्रमुख महिला विकास अधिकृत सुनिता केसीले नेपालगन्जको पुष्पलालचोकमा संयुक्त रुपमा स्टिकर टाँसेर सुरुवात गरेका हुन् ।
‘लैङ्गिक हिंसा कानूनी अपराध हो म त गर्दिन तपाई पनि नगर्नुहोस है’ जस्ता सचेतनामूलक सन्देस लेखिएको स्टिकर सार्वजनिक यातायातका साधनमा टाँस्नुको साथै सार्वजनिक यातायातका चालक, सहचालक तथा यात्रुलाई लैङ्गिक हिंसाबिरुद्ध सचेतना गराईएको जिल्ला लैङ्गिक हिंसा विरुद्ध समन्वय समितिका सदस्य समेत रहेका माईती नेपालका केशव कोईरालाले जानकारी दिए ।
सो अवसरमा लैङ्गिक हिंसाबिरुद्ध क्रियाशिल महिला तथा बालबालिका कार्यालय बाँके, अभियान नेपाल, साथी संस्था, फातिमा फाउण्डेशन, माईती नेपाल, नेपाल प्रहरी, लगायतका निकायका विभिन्न व्यक्तिहरुले सचेतनामूलक स्टिकर टाँसेका थिए ।

 img_0289 img_0294 img_0300 img_0302 img_0305 img_0306 img_0310 img_0312 img_0325 img_0329 img_0334 img_0339 img_0348 img_0357


img_0359

फोटो : रुद्र/सदरलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रियतामा कुनै सम्झौता हुँदैन : एमाले नेता पण्डित

२४ मंसिर २०७३, शुक्रबार १३:१०
सदरलाइनडटकम, २५ मंसिर, नेपालगन्ज : पूर्व सामान्य प्रशाशन मन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितले राष्ट्रियताको सवालमा कुनै पनि सम्झौता गर्न नहुने बताएका छन् । उनले विदेशमा रहेका नेपालीलाई आफु रहेको देशको नागरिकता र भोटिङ्ग आईडि त्यागेर आए मात्र नेपाली मान्न सकिने स्पष्ट पारे । उनले अहिले दर्ता गराईएको संविधान […]