प्रेस संगठन बाँकेको भेला फागुन १५ गते

सदरलाइन संवाददाता ६ फाल्गुन २०७७, बिहीबार १८:५३
 


नेपालगञ्ज : प्रेस संगठन बाँकेको नियमित बैठक एवं कोहलपुर भेला बिहिवार कोहलपुरमा सम्पन्न भएको छ । संयोजक हेमन्त बिकको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णयसमेत गरेको छ ।

बैठकले संगठनलाई अझ क्रियाशिल र सुदृढ गर्दै लैजाने रणनीति निर्माणका लागि यही फागुन १५ गते नेपालगञ्जको होटल कलपत्रुमा जिल्ला भेलाको आयोजना गर्ने निर्णय गर्दै भेलामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सदस्यलाई आह्वान समेत गरेको छ ।


बैठकले साधारण सदस्यहरु यदुराज मिश्र, गिरिश गुप्ता, शम्भु थारु, लक्ष्मी तिमिल्सेना, दिपेश आचार्य, जगेश्वर थारु, अशोक थापा, अजमत अलि सिद्धिकी, सजन कुमार आरसी, कोष बहादुर खड्का, अनिता विक, ज्ञानमाया थापा र कृष्ण चौधरीलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

भेलामा लुम्विनी प्रदेशकी कृषी मन्त्री आरती पौडेल, प्रेस संगठन लुम्विनी प्रदेशका सह–इन्चार्ज रुद्र सुवेदी, नेकपाका केन्द्रीय सदस्य दिपा शर्मा, पुजन बिश्वकर्मा, नेकपा बाँकेका सचिव प्रमोद धिताल, संगठनका पूर्व उपाध्यक्ष शिव डोटेल, कोषाध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव शकिल कादरीले बोलेका थिए भने गजेन्द्र गुरुंगले भेलामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Next Post

शुक्रवार ७१औं प्रजातन्त्र दिवस मनाईंदै

६ फाल्गुन २०७७, बिहीबार १८:५३
काठमाण्डौ : एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा शुक्रवार ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका […]

ताजा अपडेट