आपत्कालीन आवास निर्माण तालिम

१० भाद्र २०७३, शुक्रबार १३:३६
 

सदरलाइनडटकमunnamed (1)
१० भदौ, नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको आयोजनामा आपत्कालीन आवास व्यवस्थापन तालिम नेपालगन्जमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रश सोसाईटी का केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्माले यो कार्यक्रम नमुना कार्यक्रमका रुपमा मध्यपश्चिमाञ्चलको १५ जिल्लामा संचालन भई रहेको बताउदै कार्यक्रमबाट स्वयंसेवकको क्षमता विकास भई भविष्यमा हुनसक्ने विपद्को सामना गर्न दक्ष जनशक्ति उत्पादन भएको बताए । unnamed (2)
नेरेसो बाँके शाखाका सभापति गोधर्वन सिंह सम्झनाले मानवीय सेवाका लागि रेडक्रसमा लागेका मानिसहरुले मानवताको भावनाबाट दुःखी पीडितहरुलाई सहयोग गर्न आग्रह गरे । नेरेसोका कार्यकारी निर्देशक इन्द्रबहादुर केसीले भने–‘तालिम प्राप्त जनशक्ति रेडक्रसका लागि खम्बा हुन किनकि आवश्यकता परेको समयमा परिचालन हुने र अरुलाई सीप सिकाउन सक्ने क्षमता राख्दछन् ।’ unnamed (6)
नेरेसो विपद् तथा संकट व्यवस्थापन विभागका निर्देशक धर्मराज पाण्डेले यो तालिम विशेष प्रकारको जनशक्तिका रुपमा लिएको बताए । अबका दिनमा तालिम प्राप्त स्वयंसवेक परिचालन हुदाँ पहिला घर निर्माण गर्दा अब निर्माण हुने घरमा फरक हुनुपर्ने कुरामा जोड दिए ।
तालिम संयोजक रमेश घिमिरेले अस्थायी साथै सुरक्षित आवास निर्माण गर्न यो तालिम सफल भएको छ । स्थानीय परिवेश अनुसार प्रभावितहरुको सहभागितामा तालिम प्राप्त स्वयंसेवकले घर निर्माण गर्नुका साथै सिपलाई अरुलाई पनि सिकाउन क्षमता विकास भएको कुरा उल्लेख गरे । unnamed (3)
सो तालिममा मध्यपश्चिमाञ्चलको १५ जिल्लाका २४ जनाको सहभागिता रहेको छ । तालिममा आपत्कालीन आवास निर्माणको आधारभूत आवश्यकता, निर्माण गर्ने विधिको सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको थियो ।
शुभारम्भ कार्यक्रम नेरेसो विपद् तथा संकट व्यवस्थापन समितिका सदस्य एवं बाँके शाखा सभापति सम्झनाको अध्यक्षतामा सम्पन्न भएको थियो भने समापन कार्यक्रम नेरेसोका केन्द्रीय उपध्याक्ष शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।unnamed (4)
केन्द्रीय सदस्य सनत कार्की, तिलक मल्ल, बर्दिया शाखाका सभापति कृष्ण गौतम, बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, नेरेसोका कार्यकारी निर्देशक इन्द्र के.सी., विपद् तथा संकट व्यवस्थापन विभागका निर्देशक धर्मराज पाण्डे र नेरेसो स्वास्थ्य सेवा विभागका कार्यक्रम संयोजक मनोज थोकर लगायतको उपस्थिति रहेको थियो ।unnamed (7)
तालिमको सहजकर्ताहरुमा नेरेसो विपद् व्यवस्थापन विभागका आवास व्यवस्थापन फोकल पर्सन एवं तालिम संयोजक रमेश घिमिरे, डेनिस रेडक्रसका बरिष्ठ कार्यक्रम संयोजक मनिष ढुगेल र नेरेसो आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमका क्षेत्रीय कार्यक्रम संयोजक दोलखबहादुर डाँगी रहेका थिए ।unnamed (8)


unnamed (5)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भाषा विवाद समाधान गर्नको लागि असोज २ गतेभित्र आयोग गठन गर्छु : मन्त्री पौडेल

१० भाद्र २०७३, शुक्रबार १३:३६
शिक्षासँग जोडिएको स्वास्थ्यसम्बन्धी सबै समस्या समाधान हुन्छ सदरलाइनडटकम १० भदौ, काठमाडौं : शिक्षामन्त्री धनिराम पौडेलले यही असोज २ गतेभित्र भाषा विवाद समाधान गर्न आयोग गठन गर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पौडेलले भने,‘भाषा सम्बन्धी देखिएको विवाद समाधान गर्नको लागि मैले कुनै कसर […]

सम्बन्धित