७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ

सदरलाइन संवाददाता ३१ भाद्र २०७९, शुक्रबार १४:३०
 

नेपालगञ्ज : बाजुरामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बलात्कार आरोपमा बुढीगंगा नगरपालिका ६ का ४० वर्षीय बिष्णु भारतीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले विहीवार पक्राउ गरेको हो ।


उनले ७० वर्षीया बृद्धामाथि बलात्कार गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो । त्यसको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अशक्त बृद्धामाथि बुधबार राति बलात्कार भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तुलसीपुरबाट २४ जना चोर पक्राउ

३१ भाद्र २०७९, शुक्रबार १४:३०
दाङ : तुलसीपुर बजार क्षेत्रमा चोरी कार्यमा संलग्न २४ जना पक्राउ परेका छन् । एकै साथ धेरै चोरहरु पक्राउ परेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राख्न ठाउँको अभाव भएको एक प्रहरी अधिकारीले बताए । उनले भने –‘ थुनुवा कक्षा सानो छ र एकै साथ ३४ चोर पक्राउ परेपछि राख्ने […]