बृद्धभत्ता १ हजार बढ्यो, मासिक ३ हजार पाइने

१५ जेष्ठ २०७६, बुधबार १७:३८
 

सदरलाइनडटकम,
काठमाण्डौ : सरकारले वृद्धभत्ता तथा एकल महिला भत्ता बढाएको छ । आगामी वर्षको बजेटमा सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ता बढाएर ३ हजार पुर्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो ।
यसअघि वृद्धभत्ता मासिक २ हजार रुपैयाँ थियो । १३ लाख १० हजार वृद्धहरुका लागि यस वर्ष सरकारले ३ अर्ब ९३ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता विनियोजन गरेको छ । साथै सरकारले वृद्धवृद्धाहरुका लागि एक लाख बराबरको स्वास्थ्य बीमा निःशुल्क उपलब्ध गराउने भएको छ ।
सामाजिक सुरक्षा भत्ता कार्यक्रमअनुसार हाल जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएकालाई मासिक २ हजार रुपैयाँ, आंशिक अपांग भएकालाई ६ सय रुपैयाँ, एकल महिलालाई १ हजार, लोपोन्मुख आदिवासी जनजातीलाई २ हजार र बालबालिकालाई मासिक ४ सय रुपैयाँ दिंदै आईएको थियो ।
सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक, ६० वर्ष उमेर पुगेका दलितरकर्णालीका जेष्ठ नागरिक, पूर्ण तथा आंशिक अपांगता, एकल महिला र लोपोन्मुख आदिवासीरजनजाती र बालबालिका समेटिन्छन् । सामाजिक सुरक्षा शीर्षकमा भत्ता लिने नागरिकको संख्या चालू आर्थिक वर्षको फागुनसम्म २८ लाख १४ हजार ८४ पुगेको छ ।
जसमा जेष्ठ नागरिकको संख्या १२ लाख ७६ हजार १३७, एकल महिलाको संख्या ७ लाख १६ हजार ९३३, पूर्ण र आशिंक अशक्त एक लाख १७ हजार ९५, लोपुन्मुख आदिवासीरजनजाती संख्या २४ हजार २०४ तथा बालबालिका ६ लाख ७९ हजार ७१५ जना छन् । नेपालमा पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम २०५१ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारले शुरुवात गरेको थियो ।
तत्कालिन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले प्रारम्भमा सामाजिक सुरक्षा कार्यक्रमअन्र्तगत ७५ वर्ष उमेर नाघेका बृद्धका लागि मासिक एक सय रुपैयाँ दिने घोषणा गरेका थिए । यो कार्यक्रम लोकप्रिय भएपछि उनै अधिकारीले २०६० सालमा सो रकम बढाएर १७५ रुपैयाँ र्पुयाएएका थिए ।
२०६५ सालमा माओवादी सरकारका अर्थमन्त्री डा.बाबुराम भट्टराईले ५०० पुर्याएको उक्त रकम २०७१ सालमा नेपाली कांग्रेस सरकारका अर्थमन्त्री डा.रामशरण महतले १ हजार रुपैयाँ र्पुयाए भने २०७२ सालमा एमाले अर्थमन्त्री बिष्णु पौडेलले सो रकम मासिक २ हजार रुपैयाँ र्पुयाएका थिए ।

Next Post

जनप्रतिनिधि र कर्मचारीबीचको ब्याटमिन्टन सम्पन्न

१५ जेष्ठ २०७६, बुधबार १७:३८
सदरलाइनडटकम, नेपालगञ्ज  :  गणतन्त्र दिवसका अवसरमा नेपालगन्ज उप–महानगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि र कर्मचारीबीचको तीन दिने व्यटमिन्टन प्रतियोगिता बुधबार समापन भएको छ । नेपलगञ्जको प्रहरी व्यायमशालामा आयोजित सो प्रतियोगितामा महिलाको युगल ८ टिम र पुरुष एकल र युगलतर्फ ३२/३२ टिम सहभागि रहेको खेलका निर्णयक जयन्त श्रेष्ठले जानकारी दिए । महिला युगल […]