नेपालगञ्ज : १६दिने लैंगिक हिंसाविरुद्धको अभियान अन्र्तगत एमाले निकट अनेमसंघद्वारा पहिलो दिन लैंगिक हिंसा न्युनिकरणको निम्ती नेपालगञ्जको विपिचोक र सेतुविक चोकमा दिप प्रज्वलन गरिएको छ ।
अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेले १६दिने लैंगिक हिंसा विरुद्धको अभियानको बारेमा जानकारी दिदै ‘म हिंसा गर्दिन, म हिंसा सहन्न,म हिंसा हुन दिन्न’ भन्ने प्रतिबद्धता सबैमा हुन सके महिला हिंसा न्युनिकरण गर्न सकिने बताइन । उनले यहि प्रतिबद्धता सहित पुरुषले सेतो रीवन लगाउन शुरुवात गरेको जानकारी गराइन ।
हामी सबैका प्रतिवद्धताःलैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने नाराका साथ यस बर्षको लैगिक हिंसाविरुद्धको अभियान नेभेम्वर २५देखि डिसेम्वर १०सम्म १६मनाइदै छ ।
अनेमसंघ जिल्ला अध्यक्ष मिना ढकालको अध्यक्षतामा सम्पन्न दिप प्रज्वलन कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य विजया धिताल, नेकपा एमाले प्रदेश सदस्य हिरा खरेल, अनेमसंघ प्रदेश सदस्य तलत प्रवीण खान, अनेमसंघ जिल्ला कमिटि सदस्य जयन्ती खत्री, रमा गहतराज, शोभा विसी रीना गुरुड., अनेमसंघ नगर सचिव रुक्मीणा भारती, अनेमसंघ नगर उपाध्यक्ष मैया तिवारी, सदस्य रीना गुरुड. विभिन्न संघसस्थाका व्यक्ति लगायतको सहभागीता रहेको थियो ।
महिला हिंसा विरुद्ध हामी सगसगै भन्ने मुल नाराका साथ अनेमसंघ बाँकेले १६ दिनसम्म संचालन हुने लैंगिक हिंसा विरुद्धको अभियानको सुरुवात ममबति बालेर गरेको छ ।
यस अघि नै अनेमसंघ जित्रल्लाको बैठक बसी ३ वटा क्षेत्र कोहलपुर खजुरा, जानकी नेपालगञ्जमा छुट्टाछुट्टै १६दिने लैंगिक हिंसा विरुद्धका कार्यक्रम गर्ने निर्णय गरेको छ । यसैगरी नेपालगञ्ज उपमहानगर पालिका महिला हिंसाविरुद्धको संजालले विपि चोकमा सशक्त महिला सेलले त्रिभुवन चोकमा पनि ममबति बालेका थिए ।