कोहलपुरमा मेयरकप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

२४ फाल्गुन २०७४, बिहीबार १३:३८
 

सदरलाइनडटकम
२४ फागुन, कोहलपुर : प्रथम अन्तर माध्यामिक विद्यालय स्तरीय मेयरकप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता–२०७४ बाँकेको कोहलपुरमा शुरु भएको छ ।
कोहलपुरको १३ बिघा स्थित खेल मैदानमा मेयरकपको बिहीबार एक भब्यसमारोहका बिच सो प्रतियेगिताको शुरु गरिएको हो ।
तीन दिनसम्म संचालनमा आउने मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिताको प्रदेश सभा सदस्य बाँके क्षेत्र नं. १ (ख) की आरती पौडेलले गरिन । कार्यक्रममा कोहलपुर नगरपालिका भित्र रहेका बिभिन्न सामुदायिक एबं निजि विद्यालयको सहभागिता रहेको छ ।
यो प्रतियोगितामा एथलेक्टीस बिधाका खेलहरु र भलिबल प्रतियोगिता संचालन हुने आयोजक कोहलपुर नगरपालिकाका नगर शिक्षा समितिका प्रमुख मनप्रसाद रेग्मीले बताए । प्रतियोगितामा कोहलपुर क्षेत्र भित्र रहेका बिभिन्न विद्यालयहरुले खेलकुदका क्षेत्रका राम्रा र घरेलु मैदानबाट नै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्न सहयोग गर्नेमा अब आफु बिश्वस्त भएको प्रदेश सभा सदस्य पौडेलले बताईन ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर ल्ुटबहादुर रावत, नगर बिकास समितिका अध्यक्ष अबराज खड्का, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी र विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो । रबिन्द्रसिंह ठकुरी

 

Next Post

फोन र एसएमएस मार्फत धम्काएर पैसा असुल्ने गिरोह प्रहरी फन्दामा

२४ फाल्गुन २०७४, बिहीबार १३:३८
सदरलाइनडटकम २४, फागुन नेपालगन्ज  : बाँके प्रहरीले धम्की दिएर अनाधिृत असुली गर्न खोज्ने गिरोहलाई समात्न सफल भएको छ । पक्राउ पर्नेमा सुर्खेत लेखगाँउ–१ बस्ने ३२ वर्षिय बिजय बिक्रम शाह, बाँके राप्तिसोनारी–५ का ३२ वर्षिय केशराज भण्डारी, चितवन भरतपुर उप–महानगरपालिका– ६ बस्ने १८ वर्षिय बिष्णु तिमिल्सीना सोही जिल्ला बस्ने १८ वर्षिय […]

सम्बन्धित