राष्ट्रीय परिचय पत्र छाप्न शुरु, कत्तिकभित्रै वितरण गरिने

१५ कार्तिक २०७५, बिहीबार १५:२८
 

सदरलाइनडटकम,
काठमाण्डौ : राष्ट्रीय परिचय पत्र छपाईको काम शुरु भएको छ । राष्ट्रीय परिचय पत्र व्यवस्थापन केन्द्रले बिहीवारदेखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा शुरु गरेको हो । गृहसचिव प्रेम राईको उपस्थितीमा गृहमन्त्रालयभित्र राष्ट्रीय परिचय पत्र छपाईको काम शुरु गरिएको हो ।
पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरी एक लाख १७ हजार नागरिकको राष्ट्रीय परिचय पत्र छपाईको काम गरिने छ । तीन वर्षमा देशभर राष्ट्रीय परिचय पत्र वितरण गर्ने लक्ष्यसहित केन्द्रले चालु आर्थिक वर्षमा १५, अर्को वर्ष २५ र तेश्रो वर्षमा २६ जिल्लामा वितरण गर्ने कार्यतालिका तय गरेको छ ।
पहिलो चरणमा छापिएको राष्ट्रीय परिचय पत्र यसै महिनामा वितरण गरिने लक्ष्य केन्द्रले लिएको छ । पाँचथरमा भरिएको नागरिकको विवरणलाई केन्द्रको सिस्टमले लिएर भेरिफाई गरेपछि कार्ड छापिने भए पनि वितरणको समयमा पनि नागरिकको बायोमेट्रिक परीक्षण गरी वितरण गरिने छ ।
नेपालको संविधानको धारा ५१ मा राष्ट्रीय परिचय पत्र व्यवस्थापन प्रणालीको स्थापना गरिने छ भन्ने उल्लेख छ । त्यसैव्यवस्था अनुसार राष्ट्रीय परिचय पत्र व्यवस्थापन केन्द्र स्थापना गरी सरकारले राष्ट्रीय परिचय पत्र वितरणका लागि छपाईको काम शुरु गरेको हो ।

Next Post

पूर्णरुपमा सञ्चालनमा नआउदै बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार विवादमा

१५ कार्तिक २०७५, बिहीबार १५:२८
सदरलाइन / रुद्र सुवेदी , नेपालगञ्ज  : बाँँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्तीसार राख्ने विषयमा निकुञ्ज र स्थानीय बीच बिबाद चुलिएको छ । बाघ संरक्षणको लागि स्थापना गरिएको मुलुकको सबै भन्दा कान्छो निकुञ्जमा छोटो अवधिमा बाघ बृद्धिसँगै आन्तरिक र वाह्य पर्यटकलाई जंगल सफारीमा आकर्षित गराउन ल्याईएको हात्ती राख्ने हात्तीसार स्थापनाको लागि बिबाद […]

सम्बन्धित