हुम्लामा कात्तिक मसान्तमै हिमपात

१८ कार्तिक २०७५, आईतवार १७:५९
 

सदरलाइनडटकम,
हुम्ला : हिमाली जिल्ला हुम्लामा आइतवार बिहानबाट हिमपात शुरु भएको छ । गत वर्षहरूमा पुष मसान्तदेखि हिमपात शुरु हुँदै आएकोमा यस वर्ष कात्तिकमै हिमपात हुन थालेको हो । बिहानबाट शुरु भएको हिमपात यस वर्षको पहिलो हिमपात हो ।
हिमपातसँगै जिल्लामा चिसो बढेको छ भने तापक्रम माइनसमा झरेको छ । शनिवार दिउँसोबाट बादल लागेको र आइतवार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो ।
कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताए । आइतवार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।

Next Post

मुगु नगरपालिकाको गाडि नेपालगञ्जमा ड्राईभिङ्ग सिकाईदै

१८ कार्तिक २०७५, आईतवार १७:५९
सदरलाइनडटकम नेपालगञ्ज  : आईतबार साँझ बा २ झ ४१४१ नं.को सरकारी सेतो स्कारपियो जीप ड्राईभिङ्ग सिकाउदै गरेको अवस्थामा नेपालगञ्जमा भेटिएको छ । वाटरपार्क क्षेत्रमा भेटिएको सो गाडिमा दुई जनाले आलोपालो गरी गडि सिक्दै गरेको अवस्थामा भेटिएका हुन । आईतबार दिउसोदेखि साँझसम्म सो गाडि वाटरपार्क योजना भित्र उनी सरकारी गाडि लिएर […]