शिक्षामा सुचना र प्रबिधि बिषयक कक्षा सञ्चालनका लागि शिक्षकलाई तालिम

सदरलाइन संवाददाता १० कार्तिक २०८१, शनिबार १३:३३
 

गुलरिया (बर्दिया) : प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुक्त आयोजनामा बर्दियाका शिक्षकलाई लक्षित गरी शिक्षामा सुचना तथा प्रबिधि बिषयक चार दिने तालिम गुलरियामा सुरु भएको छ ।

प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा क्लब र जनसेवा केन्द्रले साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।

बदलिदो परिस्थितिमा शिक्षामा सूचना प्रबिधिलाई जोड दिदै शिक्षण सिकाई प्रक्रियामा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै विद्यार्थीको सिकाई उपलब्धि बृद्धि गर्ने उदेश्यका साथ संचालन गरिएको सो तालिममा बर्दियाका सात पालिकाका ३० जना शिक्षकको सहभागिता रहेको छ ।


तालिमको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यसमिति सदस्य भाबुक जंग थापाले अहिलेको सूचना र प्रविधिको युगमा सूचना प्रविधिकै माध्यमबाट शिक्षकहरुले शिक्षण गर्दा बाल बालिकामा रुची बढ्नुका साथै सिकाइ उपलब्धिमा समेत सहयोग पुग्ने बताए । साथै उनले संस्थाले बर्दिया जिल्लामा सञ्चालन गरेका परियोजनाहरुका बारेमा समेत जानकारी गराएका थिए ।

तालिमको पहिलो दिनमा शिक्षामा सूचना प्रबिधिको प्रयोग र यसको महत्व, शिक्षण सिकाई प्रक्रियामा प्रविधिको कसरी उचित प्रयोग गर्ने लगायतका विषयमा शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रशिक्षक क्रितिराज ढकालले सहजीकरण गरेका थिए ।

सो तालिमको उदघाटन कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर र कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले परियोजनाका बारेमा बिस्तृत रुपमा जानकारी गराउँदै तालिममा बढी भन्दा बढी प्रविधिका कुरा सिक्न आग्रह गरेका थिए ।

बाँके युनेस्को क्लबका कार्यसमिति सदस्य भाबुक जंग थापाको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रको कार्यक्रमको सहभागीलाई स्वागत मन्तब्य राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेलले र सञ्चालन सञ्चालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारी रनको उपाधि आयुस र अनिशालाई

१० कार्तिक २०८१, शनिबार १३:३३
नेपालगञ्ज  : दशौं नेपालगञ्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि आयुस केसी र अनिशा थारुले हात पारेका छन् । निर्धारित दुरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पुरा गरे भने अनिसाले २५ः२१ः०५ मिनेटमा पुरा गरेकी थिईन । नेपालगञ्ज म्याराथनको एक दशक यात्रा पुरा गरेको अवसरमा […]