विवाह पञ्चमी महोत्सवमा आज धनुषयज्ञ

२३ मंसिर २०७५, आईतवार १५:२१
 

सदरलाइनडटकम,
जनकपुरधाम : सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत आइतवार तेस्रो दिन धनुषयज्ञ हुने भएको छ । धनुष यज्ञका लागि जनकपुरस्थित जानकी मन्दिरले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
माता सीताले शिवजीको धनुष उठाएपछि बुवा जनकले शिवजीको धनुषमा प्रत्यञ्चा चढाउनसक्ने पुरुषसँग मात्रै छोरीको बिहे गरी दिने प्रणअनुसार धनुषयज्ञ भएको सम्झनामा प्रत्येक वर्ष धनुषयज्ञ समारोह आयोजना गरिन्छ ।
भगवान रामले शिवजीको धनुषमा प्रत्यञ्चा चढाएपछि माता सीतासँग बिहे भएको पौराणिक मान्यताअनुसार सोहीको स्मरणमा विवाह पञ्चमी महोत्सवअन्तर्गत धनुष यज्ञ कार्यक्रमको आयोजना गरिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । धनुषयज्ञ जानकी मन्दिरको प्रांगणमा बेलुका ५ बजे हुने बताए ।
यसअघि शनिवार साँझ विवाहपञ्चमीको दोस्रो दिन फुलबारी लीला सम्पन्न भएको थियो । महोत्सवका अवसरमा जानकी मन्दिरमा कथा वाचन तथा राम लीला र झाँकीसमेत प्रदर्शन गर्ने गरिन्छ ।

Next Post

कुखुरा चोर्ने दुईजना निर्मलाको हत्यामा जोडिने सम्भावना कति ?

२३ मंसिर २०७५, आईतवार १५:२१
सदरलाइनडटकम, काठमाण्डौ : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका प्रदीप रावल, बिशाल चौधरी र दिनेश चौधरीबारे पछिल्लो पटक आएका केही सूचनाले प्रहरी थप आलोचना र शंकाको घेरामा पुगेको छ । कञ्चनपुर प्रहरीका अनुसार हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नियन्त्रणमा रहेका प्रदीप रावल […]

सम्बन्धित