राजनीतिक नेतृत्वविरुद्ध भइरहेका आक्रोश स्वभाविक : सभापति देउवा

सदरलाइन संवाददाता ८ आश्विन २०८१, मंगलवार १८:१५
 

बारा : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीति नेतृत्व विरुद्ध भईरहेको आक्रोश स्वभाविक भएको बताएका छन् ।

पर्साको वीरगञ्जमा आयोजित कार्यक्रम जाने क्रममा बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सभापति देउवाले आक्रोश भईरहन्छ भनेर प्रतिक्रिया दिएका हुन ।


सहकारी ठगी विरुद्धको कारबाही रोकिएको हो भन्ने प्रश्नमा आफुलाई त्यसबारे थाहा नभएको भन्दै सभापति देउवाले सो प्रश्नबाट स्केप भएका थिए । सभापति देउवालाई स्वागत गर्न विमानस्थलमा बाक्लो मात्रामा नेपाली काँग्रेसका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

बुद्ध एयरलाइन्सको नियमित उडानबाट सिमरा आएका देउवासगै पार्टीका शिर्षस्थ नेतृत्व समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा हुण्डीको १७ लाखबढी रुपैयाँसहित दुई जना परे प्रहरी नियन्त्रणमा

८ आश्विन २०८१, मंगलवार १८:१५
नेपालगञ्ज : हुण्डीको कारोबार गरेको आंशंकामा दुई जनालाई १७ लाख बढी रकम सहित नियन्त्रणमा लिएर बाँके प्रहरीेले अनुसंधान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डी कारोबारमा संलग्न दुई जनालाई मंगलबार दिउसो १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैया सहित नियन्त्रणमा […]