राप्तीसोनारी गाउपालिकाद्वारा सडक दुर्घटना तथा सर्पदंश उद्दारका लागि सशस्त्र प्रहरी शम्शेरगञ्जलाई एम्बुलेन्स हस्तान्त्रण

सदरलाइन संवाददाता १ आश्विन २०८१, मंगलवार १६:३०
 

राप्तीसोनारी (बाँके)  : बाँकेको राप्तीसोनारी गाउपालिकाले पूर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटना तथा पालिकाको सिमा क्षेत्रबाट सर्पदंशका विरामी उद्दारका लागि सहज बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेड क्वाटर शम्शेरगञ्जलाई एम्बुलेन्स सञ्चालनका लागि हस्तान्त्रण गरेको छ ।

राप्तीसोनारी गाउपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल र सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेड क्वाटर शम्शेरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षरपछि हस्तान्त्रण गरिएको हो ।

राप्तीसोनारी गाउपालिकाका अध्यक्ष पौडेलले पालिकाको स्वामित्वमा रहेको एम्बुलेन्स पूर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटना तथा पालिकाको सिमा क्षेत्रबाट सर्पदंशका विरामी उद्दारका लागि सञ्चालन गर्न सहज हुने अपेक्षा गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेड क्वाटर शम्शेरगंजलाई हस्तान्त्रण गरिएको बताए ।

उनले पालिकामा ७–८ वटा एम्बुलेन्स रहेको र आवश्यक जनशक्तिको अभावका कारण सर्पदंश केन्द्रमा रहेको एम्बुलेन्स सञ्चालनका लागि सशस्त्र प्रहरीसंग एम्बुलेन्स सञ्चालनको सम्झौता गरिएको स्पष्ट पारे ।

विपदको बेलामा उद्दारमा खटिनका लागि उपकरणले सहयोग पुराउने भएकोले नेपागञ्ज उपमहानगरले पनि सहकार्य गर्न ईच्छुक रहेको नगरप्रमुख प्रशान्त विष्टको भनाई छ । उनले राप्तीसोनारी गाउपालिकाले विपदको बेलामा उद्दारमा सहज पुराउने उद्देश्यले एम्बुलेन्स हस्तान्त्रण गरेर सशस्त्र प्रहरी बललाई बलियो बनाउने काम गरेको भन्दै प्रशंशा गरे ।


जिल्ला विपद व्यवस्थापन समिति बाँकेका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विपदमा उद्दरको लागि सशस्त्र प्रहरीलाई एम्बुलेन्स उपलब्ध गराउनले यस क्षेत्रमा सडक दुर्घटनामा उद्दारमा अहम भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

पूर्वपश्चिम राजमार्गको शिब खोलादेखि कोहलपुरको सिमा क्षेत्रसम्म हुने सडक दुर्घटनाका प्रभावितलाई उद्दारको लागि एम्बुलेन्सले मद्दत पुग्ने सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेड क्वाटर शम्शेरगंजका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीले बताए ।

उनले सशस्त्र प्रहरी बल नेपाल नं.४२ रिजर्भ गण हेड क्वाटर शम्शेरगञ्जले आर्थिक बर्ष ०८०/०८१ देखिं हालसम्म गोताखोर टोलीले १९ जना मृत उद्दार र सडक दुर्घटनामा ६ जना मृत र २ सय २८ जना जीवित उद्दार गरिसकेको जानकारी दिए । यसको साथसाथै आगलागी तथा जाजरकोटमा गएको भूकम्पमा समेत उद्दार कार्य गरि सकेको जनाईएको छ ।

यसका साथै सशस्त्र प्रहरी बलले कुनै पनि विपद्सँग सम्बन्धित जनचेतना अभिबृदि तथा विपद् पश्चात तत्काल उद्दार कार्य गर्न सक्षम, कुशल एवं तालिमप्राप्त दक्ष जनशक्ति भएको संरचना हो ।

तथा आवश्यक बन्दोबस्ती सहित विपद् उद्दार कार्यमा खटिने उद्देश्यले २०६९ साल असार १७ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल लुम्बिनी प्रदेश स्तरीय विपद् व्यवस्थापन टोलीको स्थापना गरी यस सशस्त्र प्रहरी बल नेपाल नं.४२ रिजर्भ गण हेड क्वाटर शम्शेरगंञ्ज, बाँकेबाट परिचालन हुदै आई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधानको विश्वसनीयता बढाउनको लागि संशोधन आवश्यक : एमाले महासचिव पोखरेल

१ आश्विन २०८१, मंगलवार १६:३०
काठमाडौं  : नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानको विश्वसनीयता बढाउनको लागि यसको संशोधन गर्नुपर्ने आएको बताएका छन् । नेकपा एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको संविधान कार्यान्वयनको १० वर्षः अनुभव, चुनौती र अबको बाटो विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रमुख दलहरूका बिचमा आमसहमति हुने विषयमा […]