प्रेस चौतारीका अध्यक्ष बस्नेतमाथिको प्रहरी धरपकडको प्रयास चौतर्फि आपत्ति

सदरलाइन संवाददाता २७ भाद्र २०८१, बिहीबार १८:३३
 

काठमाण्डौ :  जनता टाईम्स अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस चौतारी नेपालका अध्यक्ष तथा जनता टाईम्सका सम्पादक गणेश बस्नेतलाई प्रहरीले आज धरपकड गर्दै जबर्जस्ती पक्राउ गर्न खोजेको प्रति पत्रकार निकट संघसंस्थाहरुले गम्भीर आपत्ति जनाएका छन् ।

काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा संगठनको कार्यक्रम भइरहेको बेला आज दिउँसो ४ बजेतिर नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोको अधिकारी भन्दै सादा पोशाकका प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेका थिए । कार्यक्रममा उपस्थित पत्रकारहरुले सामूहिक रुपमा प्रतिवाद गरेपछि प्रहरीको टोली फर्किएको थियो ।

सो घटनाको भत्र्सना गर्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रोशन पुरी, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले छुट्टाछुट्टै विज्ञपती जारी गरी घटना प्रति गम्भीर आपत्ति जनाएका हुन ।

‘समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था रहेको छ । यसो हुँदाहुँदै पनि जनता टाइम्स डटकममा समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनको समेत ठाडो उल्लंघन रहेको प्रेस चौतारी नेपालको ठहर छ’– पेस चौतारी नेपलका महासचिव लामाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको छानविन गर्न मागसहित आगामी दिनमा यस्ता हर्कत नदोहो¥याउन हामी चेतावनी दिन चाहन्छौं । अन्यथा, त्यसबाट उत्पन्न हुने परिस्थितिको स्वयम् सम्बन्धित निकायले लिनुपर्नेतर्फ बेलैमा सचेत गराउन पनि चाहन्छौं’– चौतारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ

यसैगरी नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ती जारी गर्दै महासंघको राष्ट्रिय परिषद् सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतलाई समाचारको विषयलाई लिएर प्रहरीको साइबर व्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार
महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


‘संप्रेषित समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको हो । काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै
प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको छ । महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ’–जारी विज्ञप्तीमा भनिएको छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशी प्रदेश सरकारले निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउने पहल गर्दै

२७ भाद्र २०८१, बिहीबार १८:३३
विराटनगर  :   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउनु पर्ने बताएका छन् । नेपाल उद्योग व्यापार महासंघ कोशी प्रदेशले मोरङको कटहरीको कृषि थोक बजारमा आयोजना गरेको चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र नीति तथा कार्यक्रम बजेटमा कृषि क्षेत्रको […]