बाढी पसेको गाउँमा अन्न कुहिन थाल्यो राहतको अत्तोपत्तो छैन

३० श्रावण २०७४, सोमबार १९:०९
 

सदरलाइन / रुद्र सुवेदी 
३० साउन, होलिया (टेपरी) : चारदिन अघिदेखि आएको बाढीका कारण राप्ती र डुडुवा नदीको किनारका बस्तीको जनजीवन प्रभावित बनेको छ । खानेपानीको स्रोत दुषित हुनुको साथै घरमा भएको अनाज भिजेर टुसाउदै कुहिन लागेको छ ।
डुडुवा गाउपालिका–१ टेपरीका जितबहादुर मौर्यले गत शुक्रबार आएको बाढी गाउमा बसेर बितण्डा मच्चाउदा पनि राज्यको क्ुनै उपस्थिति हुन नसकेको गुनासो गरे । उनले भने–‘बिहान पख भएकोले मानविय क्षति भएन बाहिरबाट हेर्दा घर छ तर त्यो घरमा बस्नसक्ने अवस्था छैन । अहिलेसम्म कोही पनि आएको छैनन् ।’
उनले बाढीको पानी घरमा पसेर घरमा रहेको खाद्यान्न सबै भिजाएकोले आफुहरुसंग खानको लागि केही बाँकी नभएकोले भिजेकै अनाज खाएर दुई दिन काटेको तर, अब भने भिजेको अनाज कुहिन लागेकोले त्यो पनि खान नसक्ने अवस्थामा पुगेको बताए । पानी खाने कुवामा बाढी पसेको छ । धारा पनि बाढीले डुबाएको छ । तैपनि त्यै पानी पिउन बाध्य रहेको उनको भनाई छ ।
सोही ठाँउका चिम्मन यादवले राप्ती र डुडुवाको भेल एक्कासी गाउमा पस्दा आफ्नो सबै सकिएको गुनासो गरे । वर्ष भरि खान पुग्ने गहुँ र अन्य अनाज बाढीको पानीले बगाएकोले ८ जनाको परिवार कसरी गुजारा चलाउने चिन्ता परेको बताए । ‘घरमा भएको अनाज यस्तो भएको छ । कसरी खाने हो हिजो (शनिबार) विहानदेखि घरमा खना पाकेको छैन के पकाउने भएको सबै भिजेर कुहियो’–बाढीले भिजाएको गहुँ देखाउदै उनले भने ।
उनले तिन दिनदेखि आफुहरु बाढीसंग पौठेजोरी खेल्दै आएको भएपनि राज्यको तर्फबाट तिमिहरुको अवस्था कस्तो छ । समस्या के छ भनेर सोध्न खोज्न कोई पनि नआएको दुखेसो गरे । ‘नदीको किनारमा बसेका छौ मरे पनि बाँचे पनि कसैले केही मतलव गर्दै रहेनछ र हिजो निर्वाचनको बेलामा भोट माग्न सबै आए अहिले हामीलाई दुख पर्दा कोई भएन’–दुख पोख्र्दै उनले भने ।
नजिकै रहेकी उनकी धर्मपत्नी कलावति यादवले घरमा पकाउन योग्य कुनै अनाज नएकोले दुईदिन पछि नजिकैको पिप्रहवा बजारबाट ३ किलो पिठो किनेर ‘भौवरी’ (गहँुको पिठो पोलेर बनाईने खानाको स्थानीय परिकार) बनाउन लागेको बताईन । उनले भनिन–‘घरमा केही छैन यो पिठोे पनि बल्ल तल्ल ल्याएको हो ।’
उनले बाढीले आफ्ना सबै लत्ता कपडा र खानको लागि भण्डारण गरेको सबै अनाज भिजाई दिएको बताईन । ‘टेपरीको कुनै यस्तो घर छैन जाँहा बाढी नपसेको होस । बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिने भएपनि भित्र भने सबै बाढी पसेर बरबाद पारेको छ हेर्दा हेर्दै सबै समाप्त पारिदियो धन्न ज्यान त जोगायौ’–उनले भनिन् ।
डुडुवा–१ कै पिप्रहवाका जोगिप्रसाद लोनियाले यत्रो बाढी आउदा राज्यको उपस्थिति नहुनु आफुहरु प्रति राज्यले विभेद गरेको बताए । टिनको मद्दतले बाटोमा केही सामान बचाएको बताउदै उनले बाढी घरमा पसेर सबै बरबाद पारि दिएको बताए ।
गत शुक्रबारदेखि आएको बाढीका कारण बाँकेका डुडुवा गाउपालिकाका, होलिया, बेतहनी, कम्दी, चौफेरी, कृषि चौफेरी, टेपरी, राप्ती सोनारीका फत्तेपुर, बिनौना, बैजापुर, नरैनापुर गाउपालिकाको गंगापुर, मटेहिया, भोजभगवानपुर लगायतका ठाँउहरु प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढी प्रभावित क्षेत्रमा राजपाको स्वास्थ्य शिविर

३० श्रावण २०७४, सोमबार १९:०९
सदरलाइन / यदुराज मिश्र ३२ साउन, नेपालगन्ज : बाढी प्रभावित क्षेत्रका स्थानीयबासी बिरामी पर्न थालेपछि राष्ट्रीय जनता पार्टी राजपा नेपालले बुधबार बाँकेको डुडुवा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एम्बुलेन्ससहित राजपाको टोली स्वास्थ्य शिविर लिएर त्यहाँ पुगेको हो । डुडुवाको वडा नं. १ होलियास्थित पिप्रहवा, खडैचा र टेपरी […]

सम्बन्धित