तालिमे बोकेर हिडेको नेपाली सेनाको ट्रकमा आगलागी

सदरलाइन संवाददाता २० भाद्र २०८१, बिहीबार १७:५३
 

मकवानपुर : मकवानपुरमा रहेको नेपाली सेनाको ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि सिमभञ्ज्याङ रिकि गर्न जाँदै गरेको बा १ ग ३४३६ नम्बरको ट्रकमा बिहिवार त्रिभुवन राजपथ दामन–शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका वडा न ४ कुर्सीको मोडमा आगलागी भएको छ ।


चल्दै गरेको ट्रकको एक्कासी सापट भाँच्चिएपछी ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो लागेको बताइएको छ । सो ट्रकमा १८ जना रहेका थिए । आगलागीका कारण मानवीय क्षती भने नभएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले आगो निभाएको थियो । सापट भाँच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगोलागी भएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

द्वन्द्वपीडित सङ्घद्वारा सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीडितकेन्द्रित भावनालाई समेट्न माग

२० भाद्र २०८१, बिहीबार १७:५३
काठमाडौ :  प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीडितकेन्द्रित भावनालाई समेट्न माग गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुुझाउँदै सङ्घले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्दा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्षरुपमा प्राथमिकता […]