योग प्रशिक्षक प्रशिक्षण सम्पन्न १४५ थपिए योग प्रशिक्षक

सदरलाइन संवाददाता १५ भाद्र २०८१, शनिबार १८:३२
 

नेपालगञ्ज :  योग समिति नेपालद्वारा नेपालगञ्जमा सञ्चालन गरिएको चार महिना लामो छैठौ योग प्रशिक्षक प्रशिक्षण शनिबार प्रशिक्षित योग प्रशिक्षकहरुलाई प्रमाणपत्र बितरण गरी समापन गरिएको छ ।

गत बैशाखदेखि सुरु भएको सो प्रशिक्षणमा १४५ जना सहभागी रहेको योग समिति नेपालका उपाध्यक्ष तथा सञ्चारकर्मी लोकमाया सुवेदीले जानकारी दिईन ।

योग समिति नेपालका अध्यक्ष तथा योग गुरु गिरिराज भट्टराईले बाँके क्षेत्रनं.२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यमा दिक्षित योग प्रशिक्षकलाई प्रमाणपत्र बितरण गर्नुको साथै सपथ खुवाईएको थियो ।


करिव ७ वर्ष अघि १०–१२ जनाको समुहबाट सुरुवात गरिएको योग समिति नेपालमा ८ हजारको हाराहारीमा सदस्य पुगेको र ३० वटा योग केन्द्र मार्फत योग समिति नेपालसँग जोडिएको समितिले जनाएको छ ।

नियमति योग साधनाका कारण नसर्ने रोगहरु समेतको निदान भई मानव जीवनलाई स्वस्थ राख्न अहम भूमिका खेल्ने विश्वासका साथ योग जीवनलाई बढवा दिईदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छः अर्थमन्त्री पौडेल

१५ भाद्र २०८१, शनिबार १८:३२
बुटवल : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा आज अस्पताल विकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखसँगको छलफलमा अर्थमन्त्री पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउन सरकारले पनि […]