सीमामा अलपत्र परेका दुबैतर्फका नागरिकलाई आ–आफ्नो मुलुक पठाईयो

१ जेष्ठ २०७७, बिहीबार २३:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : लकडाउनका कारण नेपाल–भारत सीमामा अलपत्र परेका दुबै देशका नागरिकलाई आ–आफ्नो मुलुकमा प्रवेश पाएका छन् । बाँकेको विभिन्न क्वारेन्टाईन तथा आफन्त कहाँ रहेका भारतीयलाई फिर्ता पठाईएको छ, भने भारततर्फ रहेका नेपालीलाई स्वदेश ल्याउने प्रक्रिया सुरु भएको छ ।

बाँके प्रशासन र भारतको बहराइच जिल्लाका डिस्ट्रिक्ट म्याजिस्ट्रेटबीचको समन्वयमा नेपालगञ्जको सीमा क्षेत्रमा रहेका भारतीयलाई फिर्ता पठाउन लागिएको हो ।

रोजगारीका लागि भारतका विभिन्न सहरमा नेपालीहरू गए जस्तै नेपालका विभिन्न सहरमा पनि हजारौंको सङ्ख्यामा भारतीयहरू रहेका छन् ।


बाँकेका क्वारन्टीनमा रहेका १७० र विभिन्न कल कारखाना, होटेलका मजदुर र आफन्तको घरमा बसेका भारतीय नागरिकलाई फिर्ता पठाउन लागिएको बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले जानकारी दिए ।

भारत फिर्ता गर्न लागिएका मानिसको सङ्ख्या करिब ८ सयको हाराहारीमा छ, प्रहरी उपरीक्षक ओलीले भने, भारतको बहराइच, नानपारा आसपासका क्वारन्टीनमा ७ सय १४ जना नेपली रहेको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । भारतबाट नेपाल आउन लागेका नेपालीहरुको सीमा क्षेत्रमै स्वास्थ्य परिक्षण संगै उनीहरुको आरडिटी जाँच गरेर मात्र नेपाल भित्र्याईएको छ ।

Next Post

बाँकेमा थप ८ जनामा कोरोना पुष्टी

१ जेष्ठ २०७७, बिहीबार २३:४१
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा थप ८ जनामा कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । नयाँ पुष्टि भएकाहरु नरैनापुरका हुन । यो संगै बाँकेमा संक्रमितको संख्या ३३ पुग्दा प्रदेश नं. ५ मा १ सय नाघेको छ । शुक्रबार विहान सार्वजनिक भएको संक्रमणमा बाँकेमा थप ८ जनामा कोरोना पुष्टि भएसंगै […]