सदरलाइनडटकम,
कोहलपुर (बाँके) : मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा पाँच जनाको उम्मेद्वारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट रामशरण थारु, नेपाली काँग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेपाल मजदुर किसान पार्टीबाट दीपालक्ष्मी हमालको उम्मेद्वारी परेको हो ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामसोहन थारुको गतबर्ष मङ्सिर ९ गते हृदयाघातका कारण निधन भएपछि वडा अध्यक्ष पद रिक्त रहेको छ । कोहलपुर ६ मा दुई हजार २६ मतदाता रहेका छन् । उम्मेदवारी दर्ताका लागि दलका केन्द्रीय र जिल्ला नेताहरु कोहलपुर पुगेका थिए ।
