भूकम्प प्रभावित क्षेत्रमा डुडुवाले पठायो राहत

सदरलाइन संवाददाता २१ कार्तिक २०८०, मंगलवार १४:२३
 

डुडुवा (बाँके) : जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले राहत सामग्री पठाएको छ ।

भुकम्पपीडितहरुको तत्काल राहतका लागि खाद्यान्न सामग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

अध्यक्ष चौधरीका अनुसार चामल १५० बोरा, दाल २० बोरा, खाने तेल ३० पेटी, नुन ६ बोरा, सोयविन २० बोरा, डसना ३०० थान, तकिया ३०० थान, कम्बल १५० थान पठाइएको छ । उक्त राहत सामग्री जाजकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुलाई मंगलवार विहान पठाइएको गाउँपालिकाका जिन्सी शाखा प्रमुख ऋषिराज गौतमले बताए । उनका अनुसार गाउँपालिकाका दुई जना प्राबिधिक विरु चौधरी र भियम्स चौधरीलाई पठाइएको छ ।


राहतका लागि पठाइएको सामग्री सोमवार मध्यरातसम्म तयारी गरि विहान एक वटा ट्रकमार्फत पठाइएको गाउँपालिका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताए । उनका अनुसार भुकम्पपीडितका लागि जाजरकोट र रुकुमपश्चिमका एक सय ५० पीडित परिवारलाई राहत उपलब्ध गराइने छ ।

गाउँपालिकाले भुकम्पमा परि घाइते भएका विरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स समेत पठाएको छ । गाउँपालिकाले शनिबार दुई जना चालकसहितको एक वटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको अध्यक्ष चौधरीले बताए । एम्बुलेन्सले अहिले घाइतेको उद्धार, आफन्तलाई सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा एकै रात दुई सहकारीमा चोरी

२१ कार्तिक २०८०, मंगलवार १४:२३
कोहलपुर (बाँके) : कोहलपुर वडा नं. २ मा रहेको रझेना साना किसान सहकारी संस्था लि. र बसन्त बचत ऋण सहकारी संस्था लि.मा चोरी भएको हो । सोमवार राती चोरी भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुबै सहकारीमा एकै समूहले चोरी गरेको हुनसक्ने प्रहरीले आशशंका गरेको छ । रझेना […]