पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

सदरलाइन संवाददाता १६ जेष्ठ २०८१, बुधबार १९:०६
 

काठमाडौ  : राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् ।

पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।


उनले भने, ‘भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ ।’

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘देश विकास गर्न एमाले राष्ट्रिय शक्ति हुनुपर्छ’ : भट्ट

१६ जेष्ठ २०८१, बुधबार १९:०६
कैलाली : नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले नेपालमा लोकप्रिय मतले एक नम्बर पार्टी संसदमा दोस्रो हैसियतमा झरेकाले राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले टीकापुर नगर कमिटीको दशौ अधिवेशनलाई विहीबार सम्वोधन गर्दे भट्टले विकास गर्न एमाले कै नेतृत्व चाहिने भन्दै आफू […]