‘देश विकास गर्न एमाले राष्ट्रिय शक्ति हुनुपर्छ’ : भट्ट

सदरलाइन संवाददाता १७ जेष्ठ २०८१, बिहीबार १९:१३
 

कैलाली : नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले नेपालमा लोकप्रिय मतले एक नम्बर पार्टी संसदमा दोस्रो हैसियतमा झरेकाले राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा एमाले टीकापुर नगर कमिटीको दशौ अधिवेशनलाई विहीबार सम्वोधन गर्दे भट्टले विकास गर्न एमाले कै नेतृत्व चाहिने भन्दै आफू मन्त्री भएका बेला रातो किताबमा आउन थालेका सेती लोकमार्ग, महाकाली लोकमार्ग, डुडेझारी औद्योगिक क्षेत्रमा काम हुन नसकेको बताए ।

पार्टीले २०८१ सालमा पार्टीलाई शुद्धिकरण र सुदृढीकरणको गर्न लागेकाले कमजोरी गरेका कार्यकर्ताले आत्मआलोचना गर्दै पार्टी काममा लाग्न आग्रह गरे । उनले पार्टीभित्र पुरानाहरु वरिष्ठ हुँ भन्ने घमण्डमा, नयाँहरु बुझ्दै नबुझी पद पाउछु कि पाउदिन भन्ने बार्गेनिङमा लागेका र पार्टीमा आएकालाई व्यवस्थापन नगर्ने प्रवृत्ति सुधार्नु पर्ने र सम्बन्ध बिग्रेपछि सिध्याउने प्रवृत्ति हटाएर पार्टी कार्यकर्ताहरु एकापसमा सहयोगी बन्नुपर्ने धराणा राखे ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री गणेशसिह ठगुन्नाले पार्टीका लक्ष्य पूरा गर्न, समृद्ध नेपाल सुखी नेपाल बनाउन पार्टी सशक्त र संगठित रूपले अघि बढ्न जागरुक नेतृत्व आवश्यक रहेको बताए । एमाले चुनाव जित्नका लागि मात्र नभइ बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित हुनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । जातीय क्षेत्रीय भेगीय रूपमा नभइ एकतावद्ध एमाले बनाउन सुझाव दिए ।


केन्द्रीय सदस्य झपटबहादुर रावल एमालेका उर्जावान शक्ति परिचालन भइ जनतामा पुग्न नसकेकोले विगतमा निर्वाचनमा पराजित भएको भन्दै जनताको सेवा गर्न र देश निर्माण गर्ने जिम्मेवारीमा पुग्न एमालेले आउँदा निर्वाचन जित्नै पर्ने बताए । पार्टी कार्यकर्ताले संकिर्णता छोडेर शत्रु र मित्र छुट्याउन सक्नुपर्ने उनको धारणा छ ।

प्रदेश सचिव रणबहादुर चन्दले पटकपटक कमजोर हुने पटकपटक जित निकाल्ने टीकापुरमा नेतृत्व स्थापित गर्नुपर्ने बताए । शोषित पीडित जनताको सेवा गर्ने पार्टी पछि परेको समुदायमा पुग्नुपर्ने बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश समिति सदस्य तपेन्द्रबहादुर रावलले एमालेले २९ वर्ष टीकापुर नगरका जनताको सेवा गरेको र सबैलाई न्याय गरेको बताउदै एमालेले पदमा पु¥याएका व्यक्तिहरूले पार्टी परिवर्तन गर्दा क्षति भएको तर पार्टीको अविचलित नभइ अघि बढिरहेको बताए ।

प्रदेश कमिटी सदस्य मातृका तिमिल्सैनाले लम्की खक्रौला सडक निर्माण, टीकापुरमा पोलिटेक्निक, रानी जमरा कुलरिया जस्ता आयोजना नेकपा एमालेको सरकार रहेका बेला आएकोले टीकापुरको विकासमा एमालेको योगदान रहेको बताए ।

जिल्ला सचिव ममताप्रसाद चौधरीले आन्तरिक रूपमा द्वन्द्व रहेसम्म पार्टी राम्रो बन्दैन पार्टी मजबुत नभए देश र जनताको सेवा गर्न नसकिने बताए । नगर अध्यक्ष धु्रव खत्रीले पार्टीमा योगदान गरेका ५० जनालाई सम्मान गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैनः मन्त्री चौधरी

१७ जेष्ठ २०८१, बिहीबार १९:१३
काठमाडौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानूनले सम्बोधन गरे पनि त्यसको विषयमा जानकारी नै हुन नसकेको बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन । ‘कानूनले सम्पत्ति […]