मोर्चाले निर्वाचनमा भाग नलिने भनेपनि जनताले भाग लिन्छन् : पोखरेल

११ चैत्र २०७३, शुक्रबार १६:५७
 

सदरलाइनडटकम  
११ चैत, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई खारेज गरेर सिमांकनबाहेकका विषय समेटेर नयाँ प्रस्ताव ल्याएपछिमात्रै आफ्नो पार्टीले विचार गर्ने स्पष्ट पारे।
उनले भने,‘अहिलेको प्रस्ताव पूर्ण रुपमा खारेज गर्नुपर्छ, नयाँ प्रस्ताव ल्याएपछि हामी विचार गरेरमात्रै निर्णय लिन्छौं, संशोधन गर्ने वा नगर्ने भन्नेबारेमा, तर अहिलेको प्रस्तावलाई हामी पारित गर्न दिँदैनौं ।’
उनले निर्वाचनको माहोल बनाउन दलहरु भन्दापनि जनताहरु स्वतःस्र्फूत रुपमा जागेको बताएका छन्।
उनले मधेशी मोर्चापनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै भने,‘मधेशी मोर्चाका नेताहरुले काठमाडौंमा बसेर निर्वाचनको विरोध गरेपनि उहाँहरुका कार्यकर्ताहरुले उत्साहजनक रुपमा निर्वाचनमा भाग लिनेगरि स्थानीय तहमा दल दर्ता गरिरहनुभएको छ, उहाँहरुलाईपनि जनस्तरबाट ठूलो दबाब छ, यो नै मोर्चाको लागि निर्वाचनमा जाने आधार हो।’
पोखरेलले संविधान संशोधन यथास्थितिमा कुनैपनि हालतमा हुन नसक्ने ठोकुवा गरे। उनले भने,‘संसदमा दर्ताृ भएको संविधान संशोधन प्रस्तावलाई खारेज गरेर निर्वाचनपछि नयाँ संशोधन विद्येयक ल्याउन सकिन्छ, त्यसमा राम्रो प्रस्ताव यदि देश र जनताको हितमा छ भने एमालेले सहयोग गर्छ।’
स्थानीय तहको निर्वाचनभन्दा अघि संविधान संशोधन आवश्यक नरहेको जिकिर गर्दै पोखरेलले भने,‘अहिले संशोधन गर्नु भनेको संविधान विपरित छ, संविधानले नै नदिएको अधिकार कसैले पनि प्रयोग नगरौं, अहिलेको आवश्यकत्ता भनेको संविधान कार्यान्वयन हो, यसको लागि निर्वाचनमा जानुपर्छ।’
उनले राष्ट्रिय सभाका सदस्य चयन गर्ने कुरामा स्थानीय तहका प्रतिनिधिहरुलाई कुनैपनि बञ्चित गर्न नहुने बताउँदै यसमा आफ्नो पार्टीले स्विकार नगर्ने स्पष्ट पारे। स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्ने कुरा स्वभाविक भएपनि सुरक्षाको दृष्टिकोणले चूनौतिपूर्ण रहेको बताए। उनले भने,‘मतदान गर्दा जति सुरक्षा प्रदान गरिन्छ, मतदान केन्द्रमै मतगणना गर्दा त्यसको १० गुणा बढि सुरक्षा चाहिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनमा भाग लिँदा मधेशी मोर्चालाई नै फाईदा हुन्छ : खड्का

११ चैत्र २०७३, शुक्रबार १६:५७
‘मतदान केन्द्रमै मतगणना गर्न सकिन्छ, तर सुरक्षाको दृष्टिकोणले चूनौतिपुर्ण छ’ : नेताहरु सदरलाइनडटकम  ११ चैत, काठमाडौ  :  प्रमुख दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले निर्वाचनमा भाग लिए मधेशी मोर्चालाई नै फाईदा हुने स्पष्ट पारेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले भने,‘अहिले स्थानीय तहको […]

सम्बन्धित