बर्दियाका शिक्षकलाई लैगिंक रुपान्तरण शिक्षासम्बन्धी तीन दिने क्षमता अभिबृद्धि तालिम

सदरलाइन संवाददाता ६ बैशाख २०८१, बिहीबार २०:०९
 

बर्दिया  :  बर्दियाका छ वटा स्थानीय तहका शिक्षकलाई लैगिंक रुपान्तरण शिक्षासम्बन्धी तीन दिने क्षमता अभिबृद्धि तालिम दिईएको छ ।

बाँके युनेस्को क्लव तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुंक्त आयोजनामा सशक्त बालिका परियोजना अन्र्तगत गुलरिया, राजापुर, बारबर्दिया, ठाकुरबाबा र बढैयातालका १२ वटा विद्यालयका प्रधानाध्यापक तथा लैगिंक समानता तथा सामाजिक समावेशकिरण सम्पर्क शिक्षक गरी २७ जना शिक्षकहरुको सहभागितामा तीन दिने लैगिंक रुपान्तरण शिक्षा सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

तालिमको मुख्य उदेश्य शिक्षकहरुलाई अध्यापनमा सहजता ल्याउनका लागि विद्यार्थीहरुको मानसवटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, विद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, नैतिक शिक्षामा जोड, विद्यार्थीहरुको सृजनासिलता सीप विकास, नव परिवर्तन र वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाई उपलब्धि गर्नमा सहयोग पुगोस साथै बिद्यालयको समग्र विकास र व्यवस्थापनमा सहयोग पुगोस भन्ने रहेको छ ।


तालिमको सहजिकरण प्लान ईन्टरनेशनल नेपालका शिक्षा सल्लाहाकार बेदप्रसाद डागंीले सहजिकरण गरेको कार्यक्रममा बाँके युनेस्को क्लवका परियोजना संयोजक गोबिन्दप्रसाद लामिछाने, कार्यक्रम अधिकृत इृश्वर बिक. र राधाकृष्ण थारु जनसेवा केन्द्रका परियोजना संयोजक मनोज पौडेल, कार्यक्रम अधिकृत सिमा वली, सञ्जय चौधरी, अनुगमन तथा मुल्याकंन अधिकृत जनक थापा, फिल्ड सुपरभाईजर रीता अर्याल र नग्मा मनिहारको समेत उपस्थिती रहेको थियो ।

सो तालिमको समापन कार्यक्रममा तालिमका सहभागि साबित्रा आर्चायले तालिम अतिनै उपलब्धिमुलक, समय सान्र्धभिक, लैगिंक अवधाराणामा परिवर्तन तथा व्यवहारिक शिक्षण सिकाई उपलब्धीमा सहयोग पुग्ने र यो तालिम सबै विद्यालयका सबै शिक्षकहरुलाई उपलब्ध गराउनु पर्नेमा जोड दिदै यस शसक्त बालिका परियोजनाले विद्यालयको शैक्षिक गुण्स्तर परिवर्तन गरी बालबालिकाहरुको नेतृव्व विकास र अध्यान रुचमि सहयोग पुगिरहेको यसको निरन्तरता र थप सहयोगको अपेक्षा गरिन ।

तालिम समापनको अध्यक्षता गरेका ठाकुरबाबा नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नं. ८ का अध्यक्ष टेकबहादुर बडुवालले बिद्यालयमा विद्यार्थीहरुलाई नैतिक शिक्षा र जिम्मेवारी बोध गर्ने खालको शिक्षामा जोड दिनु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित

६ बैशाख २०८१, बिहीबार २०:०९
विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक […]

सम्बन्धित