भारतमा बाँकेका ६ नेपालीको सडक दुर्घटनामा मृत्यु, २ गम्भीर घाइते

सदरलाइन संवाददाता २७ चैत्र २०८०, मंगलवार २०:४७
 

नेपालगञ्ज  : भारतको नैनीतालमा मजदुरी गरी घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै भएको सडक दुर्घटनामा परेकर बाँकेका ६ जनाको मृत्यु भएको छ । भने दुई जना गम्भीर घाइते भएका छन् ।

उनीहरु सोमबार राती दुर्घटनामा परेका थिए । बेतालघाटबाट टनकपुर हुँदै नेपाल फर्कने क्रममा भएको सडक दुर्घटनामा परेर मृत्यु हुनेमा बाँके बैजनाथ गाउपालिका वडान ८ फत्तेपुर टिटिरिहाका ४५ वर्षिय धिरज थारु, ५५ वषर््ििय उदयराम थारु, ५० वर्षिय बिशराम थारु, रहेका छन् ।

यसैगरी सोही वडाको थपुवा गाउका ५१ वषर््ििय तिलकराम थारु ४२ वर्षिय अन्तराम थारु, ४२ वषर््ििय बिनोद थारुको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीलाई उदृत गर्दैै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । घटना सोमबार रातिको भए पनि मंगलबार दिउसो मात्र जानकारीमा आएको थियो ।


सोही घटटनामा परेर बाँके बैजनाथ ८ थपुवा कै ४२ वर्षिया शान्ति भन्ने लौटी थारु र दशरथ थारु  गम्भीर  घाइते  भएका छन् । प्रजिअ पोखरेलले घटनाको जानकारी आउने बित्तिकै प्रहरी परिचालित गरी यकिन पत्ता लगाउने काम भईरहेको बताए ।

स्थानीय प्रेम खत्रीका अनुसार केही महिना अधिमात्र उनीहरु मजदुरीको लागि भारतको नैनीताल गएको र फर्कने क्रममा सो घटना भएको आफुले जानकारी पाएको बताए । सो घटनाको जानकारी पाउने वित्तिकै आफन्तहरु घटनास्थल तर्फ लागेको उनले बताए । घटनाको जानकारी पाउने वित्तिकै फत्तेपुर र थपुवा गाउ शोकमा डुवेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिट चोराउने पृन्सिपल र शिक्षक जनही ६०/६० हजार धरौटिमा छुटे

२७ चैत्र २०८०, मंगलवार २०:४७
नेपालगञ्ज : गत चैत्र १४ गतेदेखि संचालन भएको नियमित तर्फको एसईई परीक्षामा व्हाट्सएप ग्रुप बनाई मोबाईल मार्फत प्रश्नपत्र आउट गराउने र चिट चोराउने कार्यमा संलग्न लोटस इंग्लिश मिडियम हाई स्कुलका पृन्सिपल तपन शर्मा र पार्टटायम शिक्षक मोहमद अल्ताफ खानलाई जनही ६०/६० हजार धरौटिमा रिहा भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण […]