चेतन हत्या प्रकरण : बाजुराका एक वडाअध्यक्ष प्रक्राउ

सदरलाइन संवाददाता १५ मंसिर २०७९, बिहीबार १४:०५
 

नेपालगञ्ज : बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।

चेतनका आफन्तले हत्यामा संलग्न भएको आरोप लगाउँदै वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख सूर्य थापाले चेतन मृत्यु प्ररकरणमा किटानी जाहेरी आएपछि वडा अध्यक्षलाई प्रक्राउ गरेको वताए । उक्त घटनाको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताएका छन् ।

नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोग लागेका वडाध्यक्ष जुद्ध एक महिना पहिला मात्र धरौटीमा छुटेका थिए । जिल्ला अदालत बाजुराले उनलाई एक लाख धरौटीमा छोडेको हो । उनीसँगै अन्य तीन जनाले एक लाख धरौटी बुझाएका थिए ।


जिल्लाको त्रिवेणी नगरपालिकाको नाटेश्वरी मन्दिरमा दलितमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुरामा तीन जना विरुद्ध मुद्दा तलाएको प्रहरीले बताएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारमाथि कुटपिट गरिएको प्रहरीले बताएको छ । उनी नेपाली काँग्रेसबाट विजयी वडाध्यक्ष हुन् ।

विद्यार्थी नेता चेतनको हत्या आरोपमा अहिलेसम्म तीन जना प्रहरीको नियन्त्रणमा छन् । एक जनालाई सोधपुछपछि छोडिएको छ । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । असोज ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको मतदानका क्रममा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा विवाद भएको थियो ।

प्रहरीको गाली लागेर सञ्जिव अयडीको मृत्यु भएको थियो भने विद्यार्थी नेता चेतनको कुटपिटबाट मृत्यु भएको थियो । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य चेतनको काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप एमालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाडोको शुरुवातसँगै मौसमी फ्लुका बिरामी बढे

१५ मंसिर २०७९, बिहीबार १४:०५
नेपालगञ्ज : केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो गडेका बिरामी बढेको भेरी अस्पतालका फिजिशियन डा.संकेत रिसालले जानकारी दिए । उनका अनुसार अहिले अस्पतालमा उपचारमा पुग्ने केहीमा निमोनियासमेत देखिएको छ । रुघाखोकीलाई सामान्य रुपमा […]

सम्बन्धित