जंगली जनावरको आक्रमणबाट एक बृद्धको मृत्यु

सदरलाइन संवाददाता ४ चैत्र २०८०, आईतवार ११:५८
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जको ढकेरी जंगलमा जंगली जनावरको आक्रमणबाट आइतबार बिहान एक जना बृद्धको ज्यान गएको छ ।

सल्यान, दार्मा गाउँपालिका वडा नम्बर १ घर भई ढकेरीस्थित आफन्त कहाँ आएका ७१ वर्षिय नगेन्द्रप्रसाद शर्माको जंगली जनावरको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिए ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित जंगलमा पूर्वसिश्चम राजमार्गको छेउमा आइतबार बिहान मृत अवस्थामा शर्माको शव फेला परेको थियो ।


प्रहरी नायव उपरिक्षक डाँगीका अनुसार शर्माको शव कोहलपुरदेखि ७ किलोमिटर जंगलमा आइतबार बिहान करिव साढे ५ बजेतिर फेला परेको र शवको प्रकृति हेर्दा मृतकलाई जंगली जनावरले आक्रमण गरी गिदी मासु खाएको अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार मृतक शर्मा ढकेरीस्थित आफन्तको घरबाट शनिबार बेलुका कोहलपुर जान भनि निस्केका थिए । शवको प्रकृति हेर्दा वन्यजन्तुले आक्रमण गरेको जस्तो देखिएको भए पनि बाघले नै आक्रमण गरेको भने पुष्टी भइनसकेको प्रहरीको भनाई छ । ‘शवको प्रकृति हेर्दा बाघले नै वा यो जनावरले आक्रमण गरेको हो भन्ने यकिन गर्न सक्ने अवस्था छैन । पोष्टमार्टम रिर्पोटले केही खुल्न सक्छ’–प्रहरी नायव उपरिक्षक डाँगीले भने ।

घटनास्थल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । जङ्गली जनवरको आक्रमण भएको देखिएपनि कुन जनावरको आक्रमण हो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डागिले बताए । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल पठाईएको छ । घटनाको निकुन्ज प्रशासन र प्रहरीले अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर मदनचोकमा फोर्सको ठक्करबाट दुई घाइते

४ चैत्र २०८०, आईतवार ११:५८
कोहलपुर (बाँके) : पूर्वपश्चिम राजमार्गको कोहलपुर नजिक आईतबार बिहान करिब ११ बजे भएको सवारी दुर्घटनामा परेर दुईजना घाइते भएका छन् । जिलला ट्रफिक कार्यालय बाँकेका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ४४९२ नंबरको फोर्सले चन्नहवाबाट कोहलपुरतर्फ आउदै गरेको भे २ प ४०५३ मोटर साईकल र साईकललाई ठक्कर दिदा […]