बाँकेमा बेवारिसे अवस्थामा बम भेटियो

सदरलाइन संवाददाता ५ मंसिर २०७८, आईतवार १५:४१
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ खैरीखोला नजिकै बेवारिसे अवस्थामा बम फेला परेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज डिएसपी रविन्द्र खनालका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत खैरीखोला खण्डमा सकेट बम फेला परेको हो ।


राजमार्गदेखि २० मिटर दक्षिणमा बम फेला परेको प्रहरीले बताएको छ । स्थानीयले खिया लागेको बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । राँझाबाट गएको नेपाली सेनाको टोलीले बम निष्कृय पारेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट अवैध सामान बरामद

५ मंसिर २०७८, आईतवार १५:४१
नेपालगञ्ज : भन्सार छलेर नेपालगञ्ज भित्र्याइएको अवैध सामान बाँके प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० बाट लत्ताकपडा, मोजा, कासको थाल, सुपारीलगायतका सामान बरामद गरेको हो । करीब १ लाख २४ हजार मूल्य बराबरको उक्त सामान आवश्यक कारबाहीका लागि आइतवारनै नेपालगञ्ज भन्सार […]