नेपालगञ्ज कारगारका चार जनाको कैद मिनाहा

सदरलाइन संवाददाता ३ आश्विन २०७७, शनिबार १०:०२
 

नेपालगञ्ज : संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् । राष्ट्रपति भण्डारीले कैद सजाय मिनाहा गरेकामध्ये नेपालगञ्ज कारागारका चार जना परेका छन् ।

जेलर देवेन्द्र श्रेष्ठका अनुसार बाँके कम्दीका ललित क्षेत्री भन्ने असिम क्षेत्री, खजुराका उमेश थापा, कोहलपुरका शेरबहादुर बस्नेत र जाजरकोटका मानसिँह कामी टमटाको कैद मिनाहा भएको हो । क्षेत्रीलाई ज्यान मार्ने उद्योग र डाकाचोरी, थापा तथा बस्नेतलाई सवारी ज्यान र टमटालाई कर्तब्य ज्यान मुद्दा लागेको थियो ।


कारागार प्रशासनले पाँच जना जेष्ठ नागरिकको कैद मिनाहाका लागि अनुरोध गरेपनि उनीहरुले माफी पाउन सकेनन् । अधिकांश जेष्ठ नागरिकक जबरजस्ती करणीमा जेल परेका हुन् । नेपालगञ्ज कारागारमा हाल ७ सय ८५ जना कैदीबन्दी रहेका छन् ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Next Post

नदीजन्य पदार्थका लागि सहज वातावरण बनाइदिने गाउँपालिकाको प्रतिवद्धता

३ आश्विन २०७७, शनिबार १०:०२
राप्ती सोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाले नदीजन्य पदार्थको ठेक्का ब्यवस्थापनका बारेमा जिल्लाका विभिन्न सरोकारवाला निकायसँग ‘प्रि–विड’ छलफल गरेको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा भएको सो छलफलमा उपस्थित सरोकारवाला निकायले आ–आफ्नो सल्लाह, सुझावसमेत दिएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि राप्तीसोनारीका विभिन्न खोला तथा नदीमा ठेक्का […]