सदरलाइनडटकम,
डुडुवा (बाँके) : डुडुवा गाउँपालिकामा आएको बाढिले कच्बे डुबाएको छ । गाउँपालिकाको वडा नम्बर २ स्तिथ बेतहनी सडक खण्डको कच्बे डुुुबाउँदा साइकल तथा मोटरसाइकलहरु ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
कच्बेको तल धान रोप्न तयारी अवस्थामा रहेका खेतहरु समेत डुबानमा परेका छन् । खेतहरु डुबानमा पर्दा धान लगाउन ठिक्क पारेका खेत डुबान हुँदा समस्यामा परेको बेतहनीका स्थानीयहरुले बताए ।
यस्तै बेतहनीमा घरभित्रसमेत पानी पसेको छ । सोमवार राती डुडुवा नालामा आएको बाढीले गाउँपालिकाको वडा नम्बर ३ राजारामपुर्वाका मोलहे अहिरका तीनवटा भैंसी मरेका छन् । उनका भैैंसीहरुलाई बाढीले बगाएको हा े। यता गाउँपालिकाका अध्यक्ष चौधरीले बाढीबाट गाउँपालिकाका सबै स्थानीयहरुलाई सतर्क रहन आग्रह गरेका छन् ।
