सुदूरपश्चिममा गौरा मनाईंदै

१५ भाद्र २०७५, शुक्रबार १५:५४
 


सदरलाइनडटकम,
बैतडी : सुदूरपश्चिमका जिल्लाहरुमा शुक्रवारदेखि गौरा पर्व शुरु भएको छ । पौराणिककालमा भगवान शिवको प्राप्तिका लागि गौरा अर्थात् पार्वतीले निराहार व्रत बसेर शिव प्राप्त गरेको धार्मिक विश्वास छ ।
गौरा पर्व भारतको उत्तराखण्डस्थित कुमाउ जिल्लामा पनि मनाइन्छ । गौराको दोस्रो दिन महिलाहरुले पानीका मुहान वा पँधेरामा शुभ मुहूर्तमा सामुहिक रुपमा बिरुडा धुने गर्दछन् । सप्तमीका दिन गौरादेवीलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने चलन छ ।
गौरा भित्र््याएर पूजाअर्चना गरी महिलाहरुले दुवोधागो चढाउने गर्छन्। गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलोमा फाग गाएर पूजाआजा गर्ने गरिन्छ । साँझ अभिषेक गरेर दुवोधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा छ ।
सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्दछन् । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने प्रचलन छ ।

Next Post

हेलिकप्टरबाट कार्यालय जाने इमरान खानको आलोचना शुरु

१५ भाद्र २०७५, शुक्रबार १५:५४
सदरलाइनडटकम, काठमाण्डौ : सरकारी खर्च कटौती गर्दै सुविधासम्पन्न प्रधानमन्त्री निवास छाडेर सामान्य घरमा बस्दै आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अहिले आलोचना शुरु भएको छ । सरकारको कोष बढोत्तरी गर्ने घोषणा गरेका खान दैनिक हेलिकप्टरबाट प्रधानमन्त्री कार्यालय र घरसम्म ओहोरदोहोर गरेपछि उनको आलोचना शुरु भएको हो । १८ अगस्टमा प्रधानमन्त्री पदको सपथ […]