सरकारले दियो मंगलबार सार्वजनिक बिदा

सदरलाइन संवाददाता १९ बैशाख २०७९, सोमबार १५:५८
 

नेपालगञ्ज : सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो।


गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए।

०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इद उल फित्रमा बिदा दिने निर्णय भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुसलमान समुदायले मङ्गलबार इदुलफित्र मनाउँदै

१९ बैशाख २०७९, सोमबार १५:५८
नेपालगञ्ज : इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदैछ। इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन्। गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन्। रोजा बस्न बिहान […]