म्याद सकिएका खाद्यान्न र विउविजन नष्ट

सदरलाइन संवाददाता १३ जेष्ठ २०७८, बिहीबार १७:००
 

नेपालगञ्ज : बाँकेस्थित संयुक्त बजार अनुगमन टोलीले बिहीवार नेपालगञ्जका विभिन्न कृषि विउविजन तथा औषधी पसलहरुको अनुगमन गरी म्याद नाघेको सामान नष्ट गरेको छ ।

अनुगमनका क्रममा किसानले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करीब ४४ हजार बढी मूल्य बरारबरको खाद्यान्न एवं तरकारीको विजविजन नष्ट गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिए ।


अनुगमनमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्णप्रसादा पौडयाल र सूचना अधिकारी चौलागाई, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा, कृषि ज्ञान केन्द्रका अधिकृत शकिल अहमद र दिनेशप्रसाद भट्टराई, औषधि व्यवस्था विभागका धनबहादुर बोहरा, अधिवक्ता एवं उपभोक्ता संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोषीलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीद्धारा आन्दोलन

१३ जेष्ठ २०७८, बिहीबार १७:००
नेपालगञ्ज : भेरी अस्पतालका चिकित्सक र नर्स आन्दोलनमा उत्रिएका छन् । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको विषयलाई लिएर विरामीका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको घटनाको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । विरामीका आफन्तको आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश साहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट […]