लेनदेनमा दम्पतिको हत्या छोरा गम्भीर घाइते

३० आश्विन २०७४, सोमबार १७:५०
 

सदरलाइनडटकम 
३० असोज, दैलेख : सामान्य लेनदेनको बिषयमा बिबाद हुँदा दैलेखमा एक दम्पतिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार भगवतिमाई गाउँपालिका वडानं ७ बडाभैरवका ४० वर्षीय जयबहादुर सिंह र उनकी पत्नी ३९ वर्षीया कमला सिंहको हत्या भएको हो ।
धारिलो हतियार प्रयोग गरी घाइते भएका मृतक जयबहादुर सिंहका १६ वर्षीय छोरा दीपक सिंह गम्भीर घाइते भएका छन् । घाइते दीपकको धारिलो हतियारले घाँटी रेटिएको छ । उनलाई थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
दम्पति हत्यामा संलग्न रहेका स्थानीय २१ बर्षीया मनोज खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । हत्यामा संलग्न खड्काले छिमेकी घर जोडिएका सिंह दम्पतिलाई लेनदेनको विषयलाई लिएर आइतबार साँझ ७ बजेतिर धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सरोज पौडेलले बताए ।
उनले घटनामा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जानकारी दिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा विभिन्न अपराधमा पक्राउपछि सार्वजनिक

३० आश्विन २०७४, सोमबार १७:५०
सदरलाइनडटकम  ३० असोज, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले पर्वको अवसरमा लुटपाट गर्ने उद्देश्यले अवैध हतियार कटुवा पेस्तोल बोकेर हिडेका तीन जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा सो घटनाको जानकारी दिदै बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङ्गले सुराकीले दिएको जानकारीका […]