जानकी गाउँपालिकाको हिउँदे अधिवेशन शुरु

सदरलाइन संवाददाता २५ पुष २०७९, सोमबार १४:५८
 

जानकी (बाँके) : जानकी गाउँपालिका हिउँदे अधिवेशन शुरु भएको छ । वडा नम्बर ३ स्थित गाउँकार्यपालिकाको कार्यालयमा शुरु भएको १३औं हिउँदे गाउँसभाको लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले उदघाटन गरे ।

गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा भएको उदघाटन समारोहमा संघ, प्रदेश र जिल्ला समन्वय समितिमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

पालिका अध्यक्ष खाँले लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसद बादशाह कुर्मी, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की लगायत जिल्ला समन्वय समदस्यहरुलाई सम्मान गरिएको हो । प्रतिनिधिसभातर्फ निर्वाचित सांसदद्वय किशोरसिंह राठौर र आशा विक भने समारोहमा उपस्थित थिएनन् ।

गाउँसभाको उदघाटन सत्रमा बोल्दै सांसद कुर्मीले जानकीको विकासका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले जानकीमा पक्षपातरहित विकास गर्न जरुरी रहेको बताउँदै पछाडि परेका क्षेत्रको विकासका लागि विशेष राणनीति अपनाउनुपर्ने उल्लेख गरे ।


जिल्ला समन्वय समिति प्रमुख चौधरीले विकास र समृद्धि हासिल गर्न हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले भौतिक विकासमा मात्र ध्यान नदिई समाज रुपान्तरणका लागि सामाजिक विकासलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष खाँले वितेको ६ महिनामा पालिकाले केही महत्वपूर्ण कार्यहरु गरेको जानकारी गराउँदै वडा वडामा बैंक, छोरी जन्मने वित्तिकै ५ हजार रुपैयाँको विमा लगायतका कामको सुरुवात आफूले गरेको बताए । गाउँपालिकाका प्रबक्ता टिकानाथ यादवले गाउँपालिकालाई अब्बल सावित गर्दै जनपक्षीय कामहरु अगाडि बढाउन आफूहरु प्रतिबद्ध रहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले हिउँदे गाउँसभामा प्रस्तुत हुने एजेण्डाका बारेमा जानकारी गराएका थिए । उनले संघियताको सफल र असल अभ्यासमा खरो उत्रिँदै जनतालाई त्यसको अनुभूति दिलाउने गरी काम गर्न आवश्यक रहेको बताए । अहिले गाउँसभाको दोस्रो सत्रमा बन्दसत्र चलिरहेको डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा दादुरा संक्रमितको संख्या ७६ पुग्यो

२५ पुष २०७९, सोमबार १४:५८
नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा फैलिएको दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या ७६ पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये ११ वटा वडामा दादुरा फैलिसकेको स्वास्थ्य महाशाखाले जनाएको छ । पुस १२ गतेबाट देखिएको दादुरा संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १, २, ५, ७, ८, ९, १०, ११, १४, १५ र […]