बाँकेमा सवारी दुर्घटना कम गर्न २५ वटा जेब्राक्रस

सदरलाइन संवाददाता २० माघ २०८०, शनिबार १८:२४
 

नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्ड खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न ठाउँमा २५ वटा जेब्राक्रस निर्माण कार्य सुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय नेपालगञ्जसँगको समन्वयमा नेपालग ञ्जको राँझादेखि कोहलपुरसम्मको विभिन्न २५ स्थानमा जेब्राक्रस र सेन्टर लाइनको निर्माण कार्य सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार सडक डिभिजन कार्यालय नेपालगन्जको १२ लाख रुपियाँको लागतमा जेब्राक्रस बनाउन लागेको हो ।


उनले सवारी चालक र पैदल यात्रुले जथाभाबी सडक पार गर्दा दुर्घटनाको जोखिम बढेकोले दुर्घटना न्यूनीकरण गर्न जेब्राक्रसले निकै मद्दत पु¥याउने विश्वास लिइएको बताए ।

दुर्घटना न्यूनीकरण गर्नु सबैको चासोको विषय भएको हुँदा नेपालगञ्ज, कोहलपुर सडकखण्डमा जेब्राक्रस निर्माणको कार्य सुरु गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिसीको सातौ साहित्यिक कृति ‘मृत्युफूल’ बजारमा

२० माघ २०८०, शनिबार १८:२४
नेपालगञ्ज :  प्रगतिबादी साहित्यकार गणेशबहादुर जिसीको सातौ साहित्यिक कृतिका रुपमा कथा सङ्ग्रह ‘मृत्युुफूल’ शनिबारदेखि बजारमा आएको छ । जिसीको कथा संग्रह मृत्युुफूलको शनिबार एक समारोहकाबीच नेपालगञ्जमा बिमोचन गरिएको हो । साहित्यकार सनत रेग्मी, भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिना, प्राज्ञसभा सदस्य महानन्द ढकाल, अवधि साहित्यकार बिष्णुलाल कुम्हाल, बरिष्ठ लेखक नरेन्द्रजंग […]

सम्बन्धित