बारबर्दियामा श्रीराम कथा ज्ञानयज्ञ शुरु

सदरलाइन संवाददाता १७ माघ २०८०, बुधबार १७:२३
 

बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ३ मा श्रीराम कथा ज्ञानयज्ञ शुरु भएको छ । बारबर्दिया नगरपालिका नगर प्रमुख छबिलाल थारुले उदघाटन गरेको कथा ज्ञानयज्ञमा विभिन्न धार्मिक कार्यक्रमहरु हुँदैछन् ।

दिव्य ज्योति जागृति सस्था, बारबर्दिया ३ बर्दियाको आयोजनामा सत दिवसीय श्रीराम कथा शुरु भएको हो । यो एउटा धार्मिक कार्यक्रम हो । हाम्रो धर्म संस्कृति संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले सात दिवसीय श्रीराम कथा ज्ञानयज्ञ कार्यक्रम सञ्चालन गरिएको आशुतोष महाराज जी की शिष्या जितेश्वरी भारतीले जानकारी दिइन् ।

श्रीराम कथा ज्ञानयज्ञ कथा बाचन कथा व्यास साध्वी सुश्री रुपेश्री भारती जी को मुखार बिन्दृबाट सुन्न सकिने छ । माघ १५ देखि शुरू श्रीराम कथा ज्ञानयज्ञ २२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । पहिलो दिन कलशयात्रा गरिएको छ ।


कलशयात्रा बारबर्दिया नगरपालिका वडा न ३ बेलवाबज्या कार्यक्रम स्थलबाट शुरु भएर जयनगर बजार, धामपुर हुँदै विभिन्न ठाउँको परिक्रमा गरेर कार्यक्रम स्थल पुगेर नरिवल फुटाएर कार्यक्रमको शुरुवात गरिएको छ । साँझ ६ बजे कथा प्रारम्भ हुने र साढे ९ बजे आरतिसँगै कथा समापन हुनेछ । त्यसै गरी २२ गतेसम्म प्रत्येक दिन श्रीराम कथा अवधिभर फरकफरक प्रसंगमा कथा बाचन हुनेछ ।

पहिलो दिन श्रीरामको बाललिला, जन्मोत्सव, होलीउत्सव, भगवान शिवजीको विवाह, सिता स्वयंवर लगायत अनेकन संसकारले भरिएको कथा प्रवचन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उन्मुलन भएको १४ वर्ष नहुँदै तीब्ररुपमा फैलदै कुष्ठरोग

१७ माघ २०८०, बुधबार १७:२३
नेपालगञ्ज : सन २०१० मा नेपालबाट उन्मुलन भईसकेको कुष्ठरोग राज्यको अत्यन्तै कम प्रथामिकतामा पर्दा बाँकेमा तीब्ररुपले संक्रमण फैलदो अवस्थामा रहेको पाईएको छ । अर्को अर्थमा भन्नु पर्दा बाँकेमा नयाँ कुष्ठरोगीको संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको पाईएको छ । कुष्ठरोगको बारेमा लामोसमयदेखि कुनै अनुसंन्धान तथा सचेतनामुलक गतिविधि हुन नसक्दा भुसमा […]

सम्बन्धित