‘वडाप्रहरीले नगरको सुरक्षामा नागरिकको मन जितेको छ’

२१ जेष्ठ २०७५, सोमबार २१:१६
 

सदरलाइनडटकम
२१ जेठ, नेपालगन्ज  : वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख तथा प्रहरी निरीक्षक राजन गौतमले आफ्नो १७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गरेर आफुले वडा प्रहरीको जिम्मेवारी सम्हालेको १७ महिना ६ दिनको अवधिमा भएका कामकारवाहीको बारेमा प्रहरी निरीक्षक गौतमले जानकारी गराउदै सो दावी गरेका हुन ।
यो अवधिमा प्रहरी निरीक्षक गौतमले नगरको शान्ति सुरक्षा कायम गर्न, सडक विस्तारलाई सहजिकरण गर्न र खुला दिसामुक्त अभियानलाई प्रभावकारी बनाउन आफु नेतृत्वको टोलीले महत्वपूर्ण भूमिका निर्भाह गरेको दाबी गरे । सञ्चारकर्मी, स्थानीयबासी, राजनीतिक दल लगायतका सबैको सहयोगले आफुलाई काम गर्न सजिलो भएको उनको भनाई रहेको छ ।
१७ महिना ६ दिनको अवधिमा ठाडो निवेदन ७ सय ६३ वटा भएका थिए । ती मध्ये थप कारबाहीका लागि ८६ वटा जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।
कार्यालयको आन्तरिक व्यवस्थापनमा समेत सुधार गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । नगरका सबै प्रहरी बिटको रंङगरोगन, खानेपानीको व्यवस्था, ब्यारेक, कार्यालय सुधार लगायतका कामहरु गरिएको उनको भनाई रहेको थियो । साईकल गस्तीको व्यवस्था, बालबालिकाहरुमा जनचेतना मुलक कार्यक्रमहरु समेत सञ्चालन गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । गौतमको जिल्ला प्रहरी कार्यालय दाङमा सुरुवा भएको छ भने वडा प्रहरी नेपालगन्जको प्रमुखमा प्रहरी निरीक्षक नारायण डाँगी आउदै छन् ।

Next Post

२२ जेठ २०७५ मंगलवारको राशीफल

२१ जेष्ठ २०७५, सोमबार २१:१६
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। […]