सदरलाइनडटकम,
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकामा बुधवारदेखि खेलकुद प्रतियोगिता शुरु भएको छ । गाँउपलिकाका अध्यक्ष मानबहादुर रुचालले उद्घाटन गरेसँगै ‘बैजनाथ गाउपालिका विद्यालयस्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु भएको हो ।
नेपाल राष्ट्रिय निम्न माध्यमिक ओरीलालपुरको आयोजना तथा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको प्रतियोगितमा विद्यालयस्तरका वालवालिकाहरुले विभिन्न विधामा प्रतिस्प्रधा गर्ने भएका छन् । बैजनाथ गाँउपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत गरी ४४ विद्यालयका छात्रछात्राहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
शनिवारसम्म सञ्चालन हुने प्रतियोगितामा मा.वि. तथा आधारभुत तहका विद्यार्थीहरुबिच १०० मीटर, २०० मिटर, ३०० मीटर, ४०० मीटर, ८०० मीटर, १५०० मीटर दौडका साथै ज्याभलिन थ्रो, लङजम्प, हाईजम्प, सटपट भलिबल, एथ्लेक्टिसलगायतका खेलहरुमा प्रतिस्पर्धा हुने बताइएको छ ।
