नेपालगञ्ज भन्सार कार्यालयलाई लक्ष्य भेटाउनै मुस्किल

सदरलाइन संवाददाता ९ माघ २०८०, मंगलवार १४:२१
 

नेपालगञ्ज : चालु आर्थिक वर्ष २०८०/०८१ को पुष मसान्तसम्म पनि नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन् । देशभरका भंसार कार्यालय जस्तै लक्ष्य यो भंसारले पनि राजश्व संकलनको लक्ष्य भेटाउन नसकेको हो ।

श्रावण महिनामा रु एक अर्व ८१ करोड ३० लाख लक्ष्यमा रु १ अर्व ४१ करोड ४० लाख, भदौमा तोकिएको रु २ अर्व २२ करोड १४ लाख लक्ष्यमा १ अर्व ४५ करोड ११ लाख, असोजमा रु २ अर्व ४४ करोड ५३ लाख लक्ष्यमा १ अर्व ४८ करोड ६० लाख, कात्र्तिकमा २ अर्व ३८ करोड ९१ लख लक्ष्यमा १ अर्व २४ करोड २१ लाख, मंसिरमा २ अर्व ५२ करोड ३६ लाख लक्ष्यमा १ अर्व ५५ करोड ८९ लाख र पुषको रु २ अर्व ५६ करोड ६० लाख लक्ष्य तोकिएकोमा रु १ अर्व ५३ करोड ५५ लाख राजश्व असुली भएको छ ।

बिगतमा राजश्व असुलीमा योगदान गरेका सामाग्रीमा भएको आयातको कमीले राजश्व लक्ष्य अनुसार संकलन हुन नसकेको नेपालगञ्ज भन्सारका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले बताए । उनले भने, आयातको कमीले देशभरका भंसार जस्तै नेपालगन्जमा पनि लक्ष्य भेट्न चुनौती भएको छ ।


तर गत आर्थिक वर्ष भन्दा राजश्व असुली अलि बढि नै संकलन भएको छ ।’ लम्सालका अनुसार,गत आर्थिक वर्षको पुष महिनाकोमा लक्ष्य ५६.३१ प्रतिशत राजश्व संकलन भएकोमा चालु आवको पुष महिनामा भने थोरै बढेर लक्ष्यको ५९.८४ प्रतिशत राजश्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए ।
लम्सालका अनुसार राजश्व संकलनमा योगदान दिदै आएका चामल, सुपारी लगायतका केही बस्तुको आयात घटेका कारण राजश्व संकलन प्रभाजित भएको हो । राजस्व सोचेअनुरुप संकलन हुन नसक्नु चोरी, तस्करी मुख्य रहेको स्थानीयको समेत भनाइ छ ।

यो भन्सारबाट खोटो रोजिन, जडीबुटी, प्लाष्टिकको नालीपाइप, दाल, चिनी, चोकर, भुस, प्लाष्टिक बोतल, वियर पुराना कपडा तथा लुगाफाटा, प्लाष्टिक पाइप फिटिङ, मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता समान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।

आयातीत वस्तुमा एमएस ब्लेट, डिजेल, पेट्रोल जिप, कार भ्यानलगायतका सवारी साधन पेट्रोलियम पदार्थ, कोइला, पोलिथिन दाना, तेल,मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, खाद्यान्न, माछा, विद्युतीय सामग्री रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शहरका भान्सामा ‘थारु आलु’को माग बढ्दै

९ माघ २०८०, मंगलवार १४:२१
नेपालगञ्ज : आदिवासी थारु समुदायले लगाउने स्थानीयस्तरमा ‘घरैया’ समेत भनिने थारु आलु शहरमा अत्यधिक रुचाउन थालिएको छ । खानमा स्वादिलो भएका कारण यो आलु किन्नेको ताँती नै लाग्छ भने यसले राजधानी काठमाडौंसम्म बजार लिएको छ । माग बढेको र थोरै मेहनेतमै धेरै फल्ने स्थानीय जातका आलु लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय […]