शहरका भान्सामा ‘थारु आलु’को माग बढ्दै

सदरलाइन संवाददाता ९ माघ २०८०, मंगलवार १४:२६
 

नेपालगञ्ज : आदिवासी थारु समुदायले लगाउने स्थानीयस्तरमा ‘घरैया’ समेत भनिने थारु आलु शहरमा अत्यधिक रुचाउन थालिएको छ । खानमा स्वादिलो भएका कारण यो आलु किन्नेको ताँती नै लाग्छ भने यसले राजधानी काठमाडौंसम्म बजार लिएको छ ।

माग बढेको र थोरै मेहनेतमै धेरै फल्ने स्थानीय जातका आलु लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय किसानले त्यसका संरक्षणमा जुटेका हुन् । उनीहरुले दुई कठ्ठादेखि पाँचकठ्ठा जग्गामा थारु आलु खेती गरेका छन् ।

बाँके, बर्दिया लगायतका थारु समुदायको बाहुल्य भएको ठाउँमा यसको खेती गरिन्छ । बजारमा विकासेभन्दा स्थानीय जातकै आलुको माग बढ्न थालेपछि यो जातको आलु खेतमा लगाउन थालिएको हो ।


बजारमा बेच्न लैजादा हातोहात बिक्री हुन्छ । ग्राहकले माग गरे अनुरुप पुर्याउनै नसिकने कृषकहरु बताउँछन् । परम्परागत रुपमा जैविक विधि प्रयोग गरी लगाइने भएकाले स्वास्थ्यवर्धक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहिने र डढुवालगायतका रोग सहनसक्ने क्षमता भएकाले यस आलुको माग बढ्दो छ ।

विकासे आलुको तुलनामा स्थानीय जातको आलुको दाना सानो अर्थात् पाँच ग्रामदेखि १० ग्राम तौलको हुने गरेको छ । हाल आलु लगाउने आधुनिक प्रविधि प्रयोग हुनथालेपछि विगतको तुलनामा केही ठूलो दाना हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक हजार बढी खाद्य नमुना विश्लेषण

९ माघ २०८०, मंगलवार १४:२६
धनगढी : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले छ महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा एक हजार १५३ वटा खाद्य तथा दाना नमुनाहरूको विश्लेषण गरेको छ । सो कार्यालयले प्रगति विवरण सार्वजनिक गर्दै छ महिनाको अवधिमा सो सङ्ख्यामा आद्य तथा दाना नमुनाको विश्लेषण गरेको जनाएको हो । दोस्रो त्रैमासिकमामात्रै खाद्य तथा […]

सम्बन्धित