सुर्खेतका यातायात व्यवसायीबीच झडप

सदरलाइन संवाददाता ६ माघ २०८०, शनिबार १७:१८
 

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा रहेको बसपार्क क्षेत्रमा यातायात व्यवसायीबीच झडप भएको छ । टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिबीच झडप भएको हो । प्रहरीका अनुसार भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात व्यवसायीबीच विवादपछि झडप हुँदा २ जना घाइते भएका छन् ।

भिजिट कर्णालीको टिकट काट्ने ठाउँ बसपार्क भन्दा केही अगाडि रहेको बुलबुले गेट नजिकै काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको बताइएको छ । झडपमा भिजिट कर्णाली यातायातका दुई जना घाइते भएको र उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।


दोस्रो पक्षले भने सिटी बसपार्कबाटै टिकट सञ्चालन गर्नुपर्ने बताएका छन् । तर भिजिट कर्णाली यातायातलाई भने वीरेन्द्रनगर नगरपालिकाले चलानी नम्बर २८९० का अनुसार अर्को निर्णय नहुँदासम्मलाई बसपार्क बाहिरैबाट सेवा सञ्चालन गर्ने अनुमति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट पर्यटक आउन सकेनन्

६ माघ २०८०, शनिबार १७:१८
नेपालगञ्ज : नेपालगञ्जमा पर्यटकीय गतिबिधिलाई प्रोत्साहित गर्न दैनिक जसो अनेक कार्यक्रम भइरहन्छन् । तर भारतका कारण यो नाका हुँदै आउने तेस्रो मुलुकका पर्यटकको आगमन कोभिड१९ पछि ठप्प रहेको तथ्यका बारेमा कोही बोल्दैनन् । उक्त बिषय कसैको चासो भित्र परेको छैन् । भारतले कोभिडको कारण उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै २०७६ […]

ताजा अपडेट