बाढी र डुबानबाट हुने जोखिम कम गर्न बाँकेमा पूर्वतयारी

सदरलाइन संवाददाता ५ श्रावण २०७९, बिहीबार १६:३२
 

नेपालगञ्ज : बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्नका लागि समयमै प्रयाप्त तयारी गरिसकिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो धनजनको क्षती भएको र बाँके समेत बाढीको उच्च जोखिममा रहेकोले यसवर्ष पहिलेदेखिनै बाढीबाट सर्वसाधारणलाई जोगाउने प्रयाप्त पुर्वतयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

यसवर्ष मनसुनबाट बाँकेका १० हजारलाई असर पर्न सक्ने आङ्कलन गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरिएको खत्रीले जानकारी दिए । उनका अनुसार यस वर्षको मनसुनमा विगतमा भन्दा बढी वर्षा हुनसक्ने आङ्कलनअनुसार सबै सुरक्षा निकाय र विषयगत समितिलाई तयारी अवस्थामा राखिएको छ ।


बाढीजन्य विपदबाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार संख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपदमा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, लेखाजोखा तथा घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने काम पूरा भएको उनको भनाइ छ ।

अत्यावश्यक सामग्री खानेकुरा, कपडा, औषधि, पानीहरुको आवश्यक भण्डारणको काम पनि तयारी अवस्थामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित दाङमा चारजना पक्राउ

५ श्रावण २०७९, बिहीबार १६:३२
दाङ : ब्राउन सुगरसहित दाङको तुलसीपुरबाट चार युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को ज्ञानज्योति टोलका २१ वर्षीय अर्जुन नेपाली, सुकौरा बस्ने २५ बर्षीय सागर गन्दर्भ, तुलसीपुर ५ बसपार्कका २३ वर्षीय सन्तोष विक र बसपार्क बस्ने २५ वर्षीय निर्मल घर्तीको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले […]