सल्यानमा ८ वर्षीय बालकको हत्या

सदरलाइन संवाददाता २ माघ २०७९, सोमबार १३:३३
 

सल्यान : सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका २४ वर्षीय डम्बर पुरीले सोही ठाउँका ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार (हँसिया) प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पुरीले बालकको हत्या गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हत्या गर्ने पुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपालप्रसाद श्रेष्ठले जानकारी दिए ।


स्थानीयले भने पुरी मानसिक रूपमा ठिक नभएको र विगत केही महिनादेखि औषधि सेवन गरिरहेको जनाएका छन् । पुरीको मानसिक अवस्था ठिक भए नभएको उनको स्वास्थ्य परीक्षण पछि मात्र थाहा हुने श्रेष्ठको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिल्साबाट निर्माण सामग्री आयात

२ माघ २०७९, सोमबार १३:३३
हुम्ला : चीनसँगको सिमाना हिल्सा नाकाबाट पछिल्लो तीन दिनमा ३३ गाडी सिमेन्ट र छड आयात भएको छ । चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि यी सामग्री आयात भएका हुन् । प्रमुख जिल्ला अधिकारी सीता परियारले चीनले तीन दिनमा ३३ ट्रक र साना गाडीमा निर्माण सामग्री नेपाल भित्रिएको बताइन् । यसअघि […]