बाँकेको जानकी गाउँपालिका गतिविधि अब मोवाइल एप्सबाट

८ फाल्गुन २०७५, बुधबार ०९:१८
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले दिने सेवा प्रवाहलाई मोवाइल एप्ससंग जोड्दै प्रविधिमैत्री बनाएको छ । मोवाइल एप्सको मंगलबार एक समारोहकाबीच गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले शुभारम्भ गर्दै गाउपालिकालाई प्रविधिमैत्री बनाएको घोषणा गरे ।
मोबाइल एप्लिकेशन एप्स सार्वजनिकसँगै सबै वडाका जनताले गाउँपालिकाले प्रदान गर्ने सेवा घरमा बसीबसी सजिलै बुझ्न सक्ने जानकी गाउँपालिकाका अध्यक्ष यादवले जानकारी दिदै भने–‘कुनैपनि योजनाको कार्यान्वयनको अवस्था के कस्तो छ भनेर मोबाइलबाटै बुझ्न सकिन्छ भने ती योजनाहरुसँग सम्बन्धित गुनासा पनि एप्लिकेशन मार्फत नै गर्न सकिन्छ ।’
अध्यक्ष यादवले गाउँपालिकाबाट विनियोजित रकम र तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयन अवस्थालाई मोबाइल एप्सबाट हेर्न सकिने गरी मिलाईएको जानकारी समेत दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले मोवाइल एप्स मार्फत नै सेवा प्रदान गर्नको लागि प्राप्त निवेदनहरूको विषयमा काम कारवाही अघि बढाउन वडा अध्यक्ष र सचिवहरूको लागि तालिम दिए पश्चात मोवाइलबाटै सेवा लिन सकिने भएको जानकारी दिए ।
मोबाइल एप्स मार्फत गाउँपालिकाका बारे कुनै गुनासा, जिज्ञाशा तथा प्रतिक्रिया दिन सकिने र एप्स मार्फत नै गाउँपालिकाका तर्फबाट जिज्ञासा समाधान गरिने उनले बताए ।
जन्म दर्ता, मृत्यु दर्ता, घटना विवरण, गाउँपालिकाका योजनागत कार्यक्रम, प्रगति विवरण, गाउँपालिका क्षेत्रका सबै वडा कार्यालय, सरकारी गैरसरकारी निकायका गतिविधि समेटर एप्स बनाइएकाले जनता र गाउँपालिका दुबैका लागि यो अत्यन्त प्रभावकारी हुने गाउँपालिकाका सूचना अधिकृत बिकास जिसीले बताए ।
यसअघि बाँकेको ८ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, नरैनापुर लगायतका पालिकाले गाउपालिकालाई प्रविधि मैत्रीबनाउदै मोबाईल एप्स निर्माण गरी सञ्चालनमा ल्याई सकेका छन् भने राप्ती सोनारी र डुडुवा अन्तिमचरणमा पुगेका छन् ।

Next Post

डुडुवामा धार्मिक मेलाको तयारी

८ फाल्गुन २०७५, बुधबार ०९:१८
सदरलाइनडटकम, डुडुवा (बाँके) : विगत बर्षझै यस बर्ष पनि बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा रहेको मियागञ्जमा धार्मिक मेला सञ्चालन हुने भएको छ । मेला यहि फागुन १७ गतेदेखि चार दिनसम्म चल्नेछ । बनकट्टीमा रहेको सुफी सन्त हजरत ईब्राहिम खलिल अहमद शाहको उर्समा लाग्ने मेलामा विभिन्न धार्मिक कार्य […]