भेरी सहकारीको २८ औं बार्षिक साधारण सभा सम्पन्न

शिवेन्द्र भण्डारी २९ पुष २०८०, आईतवार १०:४२
 

नेपालगञ्ज : भेरी सहकारी बित्तिय संस्था लिमिटेड नेपालगन्जको २८ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदमबहादुर भण्डारीको अध्यक्षतामा २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

संस्थाले कोहलपुर सेवा केन्द्रबाट आर्थिक वर्ष ०७९/०८० मा भएको आर्थिक कारोबार प्राप्ती रकम जम्मा ३ करोड २० लाख ८७ हजार ३८ रुपैया रहेको जनाएको छ । बाँके जिल्ला कार्यक्षेत्र बनाएको सो सहकारीमा ३ हजार ८ सय ७४ जना सदस्य रहेका छन । जसमा १ हजार ५ सय ५९ महिला, २ हजार ३ सय ५ जना पुरुष र १० जना अन्य रहेका छन् ।

यस्तै सहकारीले १४ करोड ९६ लाख ६२ हजार ८ सय ६२ रुपैया जम्मा बचत गरेको जनाएको छ । यस्तै संस्थाले २९ करोड २ लाख ५१ हजार ८ सय १५ रुपैया ऋणमा लगानी गरेको छ ।


२८ औं बार्षिक साधारणसभा कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष भण्डारीको प्रतिबेदन, लेखा समिति संयोजक मिनबहादुर सिंहको प्रतिवेदन, ०७९/०८० को लेखा परिक्षण प्रतिवेदन छलफल तथा पारित सम्बन्धमा, संस्थाको सचिवबाट आर्थिक वर्ष ०८१/०८२ को प्रस्तावित बजेट एंव भावी योजना सम्बन्धमा प्रतिवेदन तथा छलफल गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट शेयरधनी, उत्कृष्ट बचतकर्ता लगायतका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेको आयोजनामा एकदिने पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर

२९ पुष २०८०, आईतवार १०:४२
नेपालगञ्ज : नेकपा एमाले बाँकेको आयोजनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीको व्यवस्थापनमा वडा नंं २० राझास्थित आदर्श माविमा गरिएको स्वास्थ्य शिविरमा २ सय २ जनाले सेवा लिएका छन् । राजनीतिसंगै सामाज सेवालाई संगसंगै लैजाने उद्देश्यले बाँकेका सबै पालिकामा चैतभित्र […]