डोटीमा ४ राउण्ड हवाइ फायर

सदरलाइन संवाददाता ४ मंसिर २०७९, आईतवार १४:२१
 

डोटी : डोटीको मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ ।

जिल्लाको शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदानस्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्डहवाइ फायर गरेको हो ।


केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए ।

केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि मतदान पुनः सुरु भएको जनाइएको छ। १७ सय मतदाता रहेको उक्त मतदानस्थलमा ५०६ मत खसेको छ । अहिले मतदान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बँकेमा २ बजेसम्म सरदर ४७ प्रतिशत मतदान

४ मंसिर २०७९, आईतवार १४:२१
नेपालगञ्ज :  बाँकेमा २ बजेसम्म शान्तिपूर्ण मतदान जारी रहेको ३ वटै निर्वाचन क्षेत्रका प्रमुख मतदान अधिकृतको भनाई छ । बाँकेको ३ वटै निर्वाचन क्षेत्रमा दिउसो २ बजेसम्म सरदर ४७ प्रतिशत मतदान भएको छ । क्षेत्रनं. १ का मुख्य निर्वाचन अधिकृत यमप्रसाद बास्तोलाले १ नं. क्षेत्रमा ५० प्रतिशत मतदान भएको जानकारी […]

सम्बन्धित